US Khabar
  • पहिलो सम्पर्क गर्ने ५ सय जनालाई नि:शुल्क टिका र मखमली माला उपलब्ध गराउछौ : संदेश उप्रेती

    - Admin | २ महिना पहिले प्रकाशित

    पहिलो सम्पर्क गर्ने ५ सय जनालाई नि:शुल्क टिका र मखमली माला उपलब्ध गराउछौ : संदेश उप्रेती

    नेपालीहरुको पावन पर्व दिपावली अर्थात तिहार अमेरिकामा रहेका प्राय सबै नेपालीहरुले हार्दिकता पूर्वक मनाउँदै आएका छन् । यसै अवसर पारेर यस बर्षको भाईटिकाका लागि टेक्सासमा सप्तरंगी टिका र मखमली माला निशुल्क उपलब्ध गराईने भएको छ ।

    नेपाली साँस्कृतिक पर्वलाई उल्लासमय रुपमा मनाउन चाहेर पनि अर्कै धर्म संस्कृति बोकेको देशलाई कर्मक्षेत्र बनाइरहेका नेपालीहरुका लागि सप्तरंगी टिका र मखमली माला सहज रुपमा उपलब्ध हुन नसकेका अघिल्ला बर्षहरुलाई ध्यानमा राखी यस बर्षको भाईटिका सामग्री उपलब्ध गराईने भएको हो । युवा व्यवसायी तथा समाजसेबी सन्देश उप्रेतीको पहलमा उपलब्ध गराईन लागेको भाईटिका सामग्री सुरुमा नै सम्पर्क गर्ने ५०० जनालाई निशुल्क वितरण गराईने छ ।

    टेक्सासका बिभिन्न स्थानबाट लिन सकिने यस सामग्री पाईने स्थान केही दिनमा नै सार्वजनिक गरिने बताईएको छ । बिषेश गरी नेपाली बिद्यार्थी लक्षित टिका, माला बितरणको मुख्य उदेश्य यहाँ रहेका सबै नेपालीले तिहार मनाउन् भन्ने हो । त्यसैले पनि सुरुमा सम्पर्क गर्ने ५ सय जनालाई निशुल्क टिका र मखमती माला उपलब्ध गराईने भएको उप्रेतीले यूएस खबरलाइ जानकारी गराएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!