US Khabar
  • पैसा र भ्रष्टाचार- महिला र अधिकार – राजनैतिक दल र अपराध

    - Admin | २ महिना पहिले प्रकाशित

    पैसा र भ्रष्टाचार- महिला र अधिकार – राजनैतिक दल र अपराध

    साजन पन्त/ रत्ननगर न.पा १२ चितवन

     

     

     

    आजको समयमा पैसा र भ्रष्टाचार
    वस्तु विनिमय कार्यमा सरलता प्राप्तिको लागि पैसाको आविस्कार र विस्तार भइ आऐको पाइन्छ।आजको समयमा पैसा अनिवार्य छ र यसको महत्व पनि बढदै छ।के कागजको नोट मात्रै पैसा हो त?

    कुनै पनि देशको आर्थिक पक्षले सो देश कतिको बिकशित छ भन्ने थाहा हुन्छ र सोही धारणा ब्याक्तिहरुमा परेको पाइन्छ।विकसित देशको तुलनामा हाम्रो जस्तो विकासशिल देशमा मुद्राको मूल्य कम छ र बस्तुको मूल्य बढी छ।यसको लागि को जिम्मेवार छ त?कुनै पनि ब्याक्तीको हिसाबले यसको लागि अचेतनशिल हाम्रा पुस्ता र अहिलेका भ्रष्ट नेता जिम्मेवार छन्।कागजी नोट लाई बढी प्राथमिकता दिने र स्थानिय क्षेत्रबाट उत्पादित बस्तुलाइ अबहेलना गरेकाले यो वातावरण सिर्जना भएको हो।विकशित देशमा मुद्राको संकुचन गरि बढी वस्तुलाइ प्राथमिकता दिई मुद्राको मूल्य बढाइएको पाइन्छ।हाम्रो जस्ता देशमा मुद्राको विस्तार गरि बस्तुको मूल्य बढाइएको पाइन्छ ।फलस्वरूप अन्य देशको तुलनामा नेपाली पैसाको मूल्य(क्रय शक्ती)मा कमि आएको स्पस्ट हुन्छ।आज यही कारण स्वरुप नेपाली युवा वर्ग विदेशी मुलुकमा काम गर्न जान्छन् र भ्रामिक रुपमा धनी बन्ने गरेका छन् ।आफ्नो स्रोत साधनको सहि परिचालन गरि पैसाको संकुचन बाट मात्र नेपाली पैसाको मूल्य बढाउन सकिन्छ भन्ने कुरा नेपाली भ्रष्ट नेता लाई स्पष्ट थाहा छ तर पनि ती नेताहरु कागजी पैसाको पछि दौडिएर भ्रष्टाचार जस्ता अपराध बढाउदै अन्य अपराधिक कार्यहरु लाई प्रोत्साहन गर्दै अन्य देशहरू सङग सहयोग माग्दै पूरा नेपाल र नेपाली लाई विश्वसामु माग्ने बनाउन नेपाली भ्रष्ट नेता पछि परेका छैनन् ।यस्तै नेताहरुले नै सक्तीको लागि गुटबन्दी को नाममा नेपाली जनतालाइ टुक्रा टुक्रा बनाउदै पूरा देशलाइ बेच्ने राजनिती गरेको आजको समयमा देख्न सकिन्छ।

    यसको अन्त्यको लागि स्थानिय तह बाटै कागजी पैसा भन्दा बस्तुको आवश्यकता परिपुर्ती लाई बढी जोड दिदै सम्पुर्ण नेपाली एक भई यस्ता भ्रष्ट देशको दलालाल लाई देश बाट नै लखेल्नु आजको आवश्यकता हो ।नत्र एकदिन न नेपाल रहन्छ न नै नेपाली।।

    महिला र अधिकार

    समाज पुरुष र महिलाको संगठित स्वरुप हो।सामाजिक विकासको लागि यिनिहरुले आआफ्नो भुमिका खेलेको हुन्छन।जसको लागि पुरुष तथा महिलाको लागि आफ्नो आफ्नो अधिकार ,कर्तव्य ,सिमा तथा जवाफदेयिता रहेको हुन्छ।केहि समय अगाडी नेपाल पुरुष प्रधान देश थियो तर आजको दिनमा महिला तथा पुरुष लाई समान अवसर दिइएको पाइन्छ ।विशेष गरि महिला उत्थानको लागि तथा ससक्तिकरण को लागि सरकारी क्षेत्र बाट महिला लाई विशेष अधिकार तथा दायित्व दिएको पाइन्छ अर्थात महिला कानुन बनेका छन्।के यि र येस्ता कानुनले सामाजिक विकृती बढदै वा घट्छ त?

    सामाजमा केहि ब्याक्तीहरुले महिला ससक्तिकरणको नाममा आवाज उठायको पाइन्छ र आफ्नो अनुयायी बढाउन महिला तथा पुरुष भन्दै असमानताको धारणा विकास गर्दै राजनिती गरेको पाइन्छ।साथै उनिहरुको परिवारमा अझ महिला वर्ग लाई खुला तरिकाले बोल्ने तथा आफ्नो विचार राख्ने अधिकार समेत दिएको छैन।यस्ता ब्याक्तिहरुले नै राजनैतिक पद प्राप्तिको लागि गाउँ गाउँ गइ यस्तो विभेदको धारणा विकास गरेको देख्न सकिन्छ।अर्को तर्फ आजकालको सामाजिक सन्जाल बाट महिलाले आफ्नो अधिकार दुरूपयोग गर्दै आएको र सामाजिक कलह बढाउने गरेको देख्न र सुन्न पाइन्छ ।उदाहरण लागि बिदेसी भुममा काम गर्न गएकाको श्रीमती मोजमस्तीमा पैसा उडाइ (नाठो सङग) सो ब्याक्तिको श्री सम्पतीको नास गर्ने।।यी यस्ता घटना केही मात्र आउँछ।कतिले इज्जतको लागि पनि चुप लागेर बसेको हुन्छन।
    आफ्नो नैतिकतामा रहने महिलाहरुलाइ यी येस्ता अधिकार नै चाइदैन किनकी कानुनले समान अधिकार दिएको छ भन्ने कुरा उनिहरुलाइ थाहा हुन्छ।तर नैतिकता छाडी शक्ति को लागि हिड्ने महिला तथा नेताले यो विभेद कारी भावना बिकास गर्दै सामाजिक कलहको सिर्जना को लागि महत्वपुर्ण भुमिका खेलेका पाइन्छ ।जब सम्म यी येस्ता राजनैतिक दलालका सदस्यहरू लाई सजाए दिइदैन तब सम्म सामाजिक विकास कहिले हुदैन।

    राजनैतिक दल र अपराध
    देशलाइ सुब्यबस्थित तरिकाले सन्चालन तथा विकाशको लागि संगठित संस्थाहरु नै राजनैतिक दलहरू हुन।राजनैतिक दलहरुले आफ्नो अस्तित्व स्थायी गर्नका लागि आफ्नो आफ्नो विचारधारा र कार्यहरु लिएको पाइन्छ ।के यस्ता विचारधाराले देशको हित गरेको छ त?

    राजनैतिक दलको स्थापना उनिहरुको विचारधाराले महत्वपूर्ण खेल खेलेको हुन्छ र उनिहरुले सोहि अनुरुप कार्य गर्दछन्।आजको समयमा समाजमा जति पनि सामाजिक विकृती फैलिएको छ ती यिनै राजनैतिक दलको कारणले भएको छ।आज कुनै होटेल तथा रेस्टुरेन्टमा जति पनि नारीले आफ्नो इज्जत पैसाको लागि नङगाएका छन।तिनिहरुलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनैतिक असर परेको छ।कुनै समयमा आन्दोलनको क्रममा हतियार उठाएर युद्ध गर्ने ब्यक्ती सहिद भएको र सन्धिको नाममा तराइ डुबाउने गरि घरको मुलि व घर बार विहिन हुने परिवारको छोरी चेलीबेटी बाट यस्ता काम गरिएको पाइन्छ।चाय माओबादी समयमा घरको मुलिको मरण वा राजनैतिक स्थायित्व लागि गरेको सम्धी होस,नेपाल र नेपाली लाई नकारात्मक असर परेको तितो यथर्थ आजको छ।हामिले यो पनि बुज्नु पर्छ कि हतियार बोकेर मात्र आतंककारी हुदैन सम्धिको नाममा ज्यान लिनु पनि आतंक हो।

    आफू पनि काम नगर्ने र ब्यक्तिको भावनाना नकारात्मक असर पर्ने गरि राजनैतिक दलले कार्य गरेको पाइन्छ।आफ्नो वर्चस्व प्राप्तिका लागि पटकपटक नेपाली जनतालाइ मर्दै देश बेच्ने तथा सामाजिक कलह फैलाउने काम आजको उच्च पदमा रहेका नेताले गरेको पाइन्छ।आफ्नो स्वार्थको लागि देशमा वेरोजगारी सिर्जना गरि शिक्षित र योग्य ब्यक्ती लाई विदेशी भुमिमा पठाउदै विप्रेशित आम्दानी भ्रष्टाचार मार्फत आफ्नो आफन्तमा बाडी वेरोजगारी जनतालाइ राजनितिकरण गरि पटक पटक देश वेच्ने काम भएको आजको दिनमा देख्न सकिन्छ।यस्तो काम गर्दै हिड्ने नेताको पछि लाग्ने हामी नै यो अवस्थाको कारण त हैन।

    (प्रस्तुत लेख रचना निज सजन पन्तका ब्यक्तिगत बिचारहरू हुन्, यस लेखकों प्रतिनिधित्व हाम्रो संस्थाले गर्दैन- सम्पादक)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!