US Khabar
  • ओहायोमा राज्यस्तरिय भलिवल प्रतियोगिता हुदै

    - भाबुक आचार्य | १ महिना पहिले प्रकाशित

    ओहायोमा राज्यस्तरिय भलिवल प्रतियोगिता हुदै

    अमेरिकाको ओहायो राज्यमा नेपाली समुदायको प्रथम राज्य स्तरीय भलिवल प्रतियोगिता शनिबारबाट आयोजना हुने भएको छ । इन्ट्रा-नेशनल वयरफेयर फाउन्डेसन कोलम्वस ओहायोको आयोजनामा अक्टुवर २३ र २४ भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।
    प्रतियोगितामा सबै नेपाली मूलका भलिवल टीमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टीमलाई ७ हजार ५ सय डलर, दोश्रो स्थान प्राप्त गर्ने टीमलाई ५ हजार डलर र तेश्रो स्थान प्राप्त गर्ने टीमलाई २ हजार ५ सय डलर नगद र टर्फि प्रदान गर्ने आयोजकले जनाएका छन ।

    उक्त प्रतियोगितामा अमेरिकाको टेक्सास राज्यबाट सुदूर तथा मध्यपश्चिम सुपर भलिवल टीम सहित ३ वटा भलिवल टीमले सँस्थागत सहभागिता जनाउने भएका छन । उक्त प्रतियोगिताको लागि टीम कैप्टन रमेश बोहोराको नेतृत्वमा १४ जनाको सुदूर तथा मध्यपश्चिम सुपर भलिवल टीमको टोली रहेको टीमका सँयोजक भैरव शाहीले जानकारी दिनु भयो ।

    २ दिन सम्म चल्ने प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यका ३२ भलिवल टीमले सहभागिता जनाउने बताईएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!