US Khabar
  • नयाँ कार्यकालको पहिलो विदेश भ्रमण: प्रधानमन्त्री देउवा बेलायत अवतरण

    - Admin | १ महिना पहिले प्रकाशित

    नयाँ कार्यकालको पहिलो विदेश भ्रमण: प्रधानमन्त्री देउवा बेलायत अवतरण

    प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत पुगेका छन् । बेलायतको स्टकल्याण्ड स्थित ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी कार्यक्रम ‘वल्र्ड लिडर समिट’मा सहभागीता लागि गएका प्रधानमन्त्री देउवा शुक्रबार राति बेलायत अवतरण गरेका हुन् ।

    प्रधानमन्त्री देउवाको नयाँ कार्यकालको पहिलो विदेश भ्रमणका रुपमा रहेको यस भ्रमणलाई बेलायत स्थित कांग्रेसको प्रवासी संगठन नेपाली जन सम्पर्क समिती बेलायतले स्वागत गरेको थियो । नोभेम्बर ३ मा नेपाल फर्कने कार्यक्रम रहेको यस भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतमा रहेका कांग्रेस कांग्रेस कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग पनि भेट तथा अन्तरक्रियाको कार्यक्रम रहेको छ ।

    शुक्रबार राती बेलायत अवतरण गरेका देउवाले शनिवार बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको भने समिटका लागि आईत्बार ग्लास्गोतर्फ प्रस्थान गर्ने भएका छन्। समिटमा उनको २ दिन सहभागीता रहने छ

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!