US Khabar
  • कोराना उत्पत्तीको कारण र पहिचान कहिल्यै बाहिर नआउने अमेरिकी गुप्तचरहरुको दावी

    - Admin | १ महिना पहिले प्रकाशित

    कोराना उत्पत्तीको कारण र पहिचान कहिल्यै बाहिर नआउने अमेरिकी गुप्तचरहरुको दावी

    अमेरिकी गुप्तचर निकायहरूले विश्वव्यापी सन्त्रासको बिषय बनेको कोरोना भाईरसको उत्पती किन र कसरी भयो कहिल्यै पत्ता नलाग्ने दावी गरेका छन् । अमेरिकी पाँच गुप्तचर निकायले गरेको अनुसन्धानबाट चिनले यस अघि देखाउँदै आएका कारणमाथी विश्वास गर्ने आधार नभएको उल्लेख गर्दै कोभिड–१९ को उत्पत्तिको पहिचान कहिल्यै बाहिर नआउने दावी गरेका हुन् ।

    हालसम्म झण्डै ५० लाख मानिसको मृत्यु र २४ करोड मानिसहरूलाई संक्रमित पारेको कोरोना भाईरस र यस बिषयमा गरिएको अमेरिकी अनुसन्धान सम्बन्धमा अफिस अफ द यूएस डाइरेक्टर अफ न्याश्नल इन्टिलिजेन्स ओडिएनआईले अद्यावधिक गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार कोभिड चिनबाट फैलिएको स्पष्ट भएको तर यो जनावरबाट मानिसमा सरेको र फैलिएको कुरा विश्वास गर्न सकिहाल्ने अवस्था छैन । जसमा चिनको मानविय प्रयोगशालामा भएको मिस्टेकका कारणमाथी पनि उल्लेख छ ।

    ५ मध्य ४ चार गुप्तचर निकायले कोरोना भाईरस सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकोमा ’कम विश्वस्त’ रहेको बताएका छन् भने एउटा निकायले पहिलो चिनिया प्रयोगशालामा भएको दुर्घटनाबाट यसको उत्पती भएको भन्ने तर्कमा केही सत्यता हुन सक्ने बताएको छ ।

    प्रतिवेदनमा चीनले यस बिषयमा सूचना आदान प्रदानमा चासो नदेखाएको र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्याएको पनि उल्लेख छ भने यता चिनले भने भाइरसको उत्पत्तिको विषयमा अमेरिकाले वैज्ञानिकहरूलाई भन्दा गुप्तचरी संयन्त्रलाई गरेको विश्वास एउटा राजनीतिक तमासा गरेको भन्दै गुप्तचरको भनाईको खण्डन गरेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!