US Khabar
  • टेक्सासको ह्यालोवीन पार्टीमा गोली चल्दा २० बर्षिय युवकको मृत्यु – गोली लागेका १० मध्य केहीकोअवस्था गम्भिर

    - Admin | १ महिना पहिले प्रकाशित

    टेक्सासको ह्यालोवीन पार्टीमा गोली चल्दा २० बर्षिय युवकको मृत्यु – गोली लागेका १० मध्य केहीकोअवस्था गम्भिर

    टेक्सासको एक ह्यालोवीन पार्टीमा गोली चल्दा १ जनाको मृत्यु हुनुका साथै १० जना घाईते भएका छन् । शनिबार राति गोली टेक्सासको अक्टाभियाको एक्टिभिटी सेन्टरमा भै रहेको ह्यालोवीन पार्टीमा  गोली चल्दा एक जनाको  २० बर्षिय युवकको  ज्यान जानुका साथै १० जना गोली प्रहारबाट घाईते भएका हुन् ।

    दुई सयभन्दा बढी मानिस उपस्थित सो पार्टीमा सहभागी भएकै व्यक्तीले सुरुमा गोली चलाएका थिए । उनि गोली प्रहारपछि फरार रहेका छन् ।

    ११ जनालाई गोली लागेको भनिएको यस घटनामा गम्भिर घाईते मध्यका एक जनाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने घाईते मध्य केहीको अवस्था गम्भिर रहेको पनि बताइर्को छ ।

    घाईतेहरुको वाड्ले क्षेत्रीय चिकित्सा केन्द्रमा र क्रिस्टस सेन्ट माइकल अस्पतालमा उपचार भइरहेको छ । कतिपय घाइतेहरु आफैँ गाडी चलाएर अस्पताल पुगेका छन् ।
    प्रहरीले गोली चलाएर फरार व्यक्ती पुरुष भएको र उसले सेतो ज्याकेट, सेतो जिन्स र नीलो बल टोपी लगाएको भनि प्रारम्भिक अनुसन्धाबाट पत्ता लागेको बताएको छ । । (एजेन्सी)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!