US Khabar
  • नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु – मृतकको संख्या ११ हजार ४ सय १६ पुग्यो

    - Admin | १ महिना पहिले प्रकाशित

    नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु – मृतकको संख्या ११ हजार ४ सय १६ पुग्यो

    नेपालमा कोराना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । २४ घन्टामा देशका बिभिन्न स्थानमा रहेका संक्रमितमध्य ९ जनाको मृत्यु भएको हो ।

    पछिल्लो सार्वजनिक तथ्याकं अनुसार नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ४ सय १६ जनाको मृत्यु भएको छ ।

    ७ हजार ४सय ६८ नमूनाको पीसीआर र ४ हजार १ सय ९६ नमूनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ६ सय ६४ नमूना परीक्षणमा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको भने जसमध्ये पीसीआर विधिबाट ४ सय ४१ र एन्टिजेन विधिबाट ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्छिल्लो तथ्याकं अनुसार सोमबार कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको भने थप ४ सय ९० जना कोरोना मुक्त भएका छन्।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!