US Khabar
  • अनेसास फ्लोरिडा च्याप्टरले शनिबार ‘११३ औं लक्ष्मी जयन्ती’ मनाउँदै – सहभागिताका लागि अनुरोध

    - Admin | १ महिना पहिले प्रकाशित

    अनेसास फ्लोरिडा च्याप्टरले शनिबार ‘११३ औं लक्ष्मी जयन्ती’ मनाउँदै – सहभागिताका लागि अनुरोध

    अमेरिकाको फ्लोरिडा राज्यमा ११३ औं लक्ष्मी जयन्ती मनाईने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – फ्लोरिडा च्याप्टरले नोभेम्बर ६ शनिवार साँझ भर्चुअल उपस्थितीमा महाकवी लक्ष्मी प्रसाद देवकोटाको सम्झनामा ११३ औं लक्ष्मी जयन्ती मनाउने भएको हो ।

    शनिवार साँझ ७ बजेबाट सुरु सुने यस साहित्यिक कार्यक्रम कोभिड पेण्डामिकलाई ध्यानमा राखी जुम मार्फत गर्न लागिएको हो । जसकारण फ्लोरिडाका बिभिन्न स्थानमा रहेका स्रष्टा तथा साहित्यिक अनुरागीहरुको उपस्थिती सहज र बृहत हुनेछ ।

    लेख , रचना वाचन साथै गायन र नृत्य समेत प्रस्तुत गर्न सकिने कार्यक्रममा सहभागी हुनेहरुले च्याप्टरको ईमेल ठेगाना मार्फत सम्पर्क गर्न सकिने जानकारी सहित ईमेल ठेगना सावएजनिक गरिएको छ । च्याप्टरको ईमेल ठेगाना [email protected] मा सम्पर्क गरेर अर्थात कार्यक्रमबारे च्याप्टरले सार्वजनिक गरेको पोष्टरमा गएर कमेण्ट मार्फत पनि खबर गर्न सकिने छ ।

    दिपावली २०७८ को शुभकामना आदान प्रदान सहित आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि जुम आईडी र पासकोर्ड पनि सार्वजनिक पोष्टरमा सार्वजनिक छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!