US Khabar
  • सरकाद्वारा तिहार मनाउन काठमाडौंबाट गाउँ जाँदै गरेका यात्रुलाई बिभिन्न स्थानमा नि:शुल्क खोपको व्यवस्था

    - Admin | १ महिना पहिले प्रकाशित

    सरकाद्वारा तिहार मनाउन काठमाडौंबाट गाउँ जाँदै गरेका यात्रुलाई बिभिन्न स्थानमा नि:शुल्क खोपको व्यवस्था

    सरकारले तिहारमा उपत्यकाबाट घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहार मनाउन काठमाडौँबाट घर जाने यात्रुहरूलाई लक्षित गर्दै उपत्यकका बिभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

    सरकारको २ दिने कार्यक्रम अन्तरगत रहेको यात्रुलाई निशुल्क खोप आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलङ्की चोकमा यात्रुहरूलाई दिन सुरु गरिएको छ ।

    आज र भोली राजधानी काठमाडौंबाट बाहिरिने यात्रुका लागि निशुल्क लगाईएको खोप कार्यक्रम विहान ७ बजेबाट दिउँसो ४ बजेसम्म संचालन हुने भएकाले धेरै यात्रुहरु लाभाम्बित भएका छन् ।

    स्वास्थ्य मन्त्रालयको खोप शाखाका अनुसार खोप लगाउनका लागि यात्रुहरूले उमेर खुल्ने परिचय पत्र देखाउन आवश्यक रहेको शाखाले जनाएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!