US Khabar
  • यमनमा हुदी बिद्रोहीको आक्रमण: २५ भन्दा बढि सर्वसाधारणको मृत्यु

    - Admin | १ महिना पहिले प्रकाशित

    यमनमा हुदी बिद्रोहीको आक्रमण: २५ भन्दा बढि सर्वसाधारणको मृत्यु

    यमनमा हुदी बिद्रोहीको आक्रमणमा परी २५ भन्दा बढि सर्बसाधारणको मृत्यु भएको छ । यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परि एकै पटक ठुलो संख्यामा मानविय क्षती भएको हो ।
    यमनका जनाता पछिल्लो १ महिना यता त्रासदीको अवस्थामा छन् । यसै महिना मात्रै १५० भन्दा बढि हुदी बिद्रोही मारिएका छन् भने बदलास्वरुप हुदी आक्रमणमा दजनौं सर्ब साधारणको ज्यान गएको छ । हुदी बिद्रोहीले यमनको एक मस्जिदमा आक्रमण गर्दा २५ भन्दा बढिको मउत्युहुनुका साथै ठुलो संख्यामा द्दाईते भएका छन् ।
    हुथीहरुले सोमबार प्रहार गरेको क्षेप्यास्त्र कारण मस्जिद पूर्ण रुपमा ध्वस्त भएको छ ।
    उता दुई दिन मात्र अघि पनि यहाँका हुथी विद्रोही र यमनी सैनिकबीच भिडन्त भएको थियो । त्यसमा परी २४ जनाको ज्यान गएको थियो भने यसै साता साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गत मङ्गलबार गरेको सैन्य कारवाहीमा थप ८५ हुथी विद्रोहीको ज्यान गएको थियो भने त्यस अघि पनि पटक पटक सैन्य कारवाहीमा मारिएका छन् ।
    इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण सुरु गरेको साउदी अरेबियाले पछिल्लो केही दिन यता यमनको आकासबाट हवाई कारबाही जारी राखेको छ ।
    यमन सैन्य समुहसंगको सहकार्यमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले हुथीका विरुद्धको कारबाही गर्दै आएको छ जसकारण हजारौंको ज्यान गइसकेको छ भने संैन्य कारवाहीका कारण लाखौं यमनी नागरिक विस्थापित भएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!