US Khabar
  • टेक्सासको ह्युस्टनमा गजल यात्रा-४: अमेरिकाका बिभिन्न राज्यबाट दजनौं गजलकारहरुको सहभागिता हुँदै

    - Admin | १ महिना पहिले प्रकाशित

    टेक्सासको ह्युस्टनमा गजल यात्रा-४: अमेरिकाका बिभिन्न राज्यबाट दजनौं गजलकारहरुको सहभागिता हुँदै

    अमेरिकाको टेक्सास स्थित ह्युस्टनमा यस बर्ष पनि गजल उत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय सहित्य समाज ह्युस्टन र गजल यात्रा तयारी समितिको आयोजनामा नोभेम्बर २० शनिवारका दिन गजल यात्रा ४ हुने भएको हो ।

    अमेरिकाका विभिन्न राज्यबाट ४४ जना गजलकारहरुको सहभागिता रहने गजल यात्रा ४ बारे जानकारी दिन अक्टोबर ३१ आईतबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरिएको थियो ।
    गजल वाचन , गजल गायन र गजल नृत्यको त्रिवेणीका रुपमा हेरिएको यस कार्यक्रमको मुख्य आकर्षण गजल नृत्य पनि हो ।

    अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष गोबर्धन पूजाका अनुसार गजललाई सम्मानित विधाको रुपमा अघि बढाउँदै नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गर्ने उदेश्य अनेसासको रहेको छ ।

    उपस्थित गजलकारको एक दिनको सम्पुर्ण खर्च आयोजक बेहोर्ने तयारी रहेको कार्यक्रममा विभिन्न राज्यबाट सहभागी गजलकारहरु सो दिन खाने, बस्ने र घुम्ने व्यवस्था निशुल्क रहेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!