US Khabar
  • नेपाल अमेरिका पत्रकार संघ: ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ रसुवाकी पत्रकार अनु आचार्यलाई

    - Admin | १ महिना पहिले प्रकाशित

    नेपाल अमेरिका पत्रकार संघ: ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ रसुवाकी पत्रकार अनु आचार्यलाई

    नेपाल अमेरिका पत्रकार संघ नेजाले यस बर्षको ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार पत्रकार अनु आचार्यलाई प्रदान गरेको छ । ग्रामीण क्षेत्रमा रहेर बिबिध चुनौतीका बाबजुद पनि पत्रकारिता क्षेत्रमा पुर्याउँदै आएको योगदानको कदर गर्दै नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट पत्रकार आचार्यलाई सम्मानित गरिएको हो ।

    रसुवा जिल्लामा रहेर नयाँ पत्रिका दैनिकको सम्बाददाताका रुपमा कार्यरत पत्रकार आचार्य रेडियो रसुवामा समेत आवद्ध संचारकर्मी हुन् । पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुईसय २२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।

    नेपाल पत्रकार महासंघद्वारा न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको प्रमुख आतिथ्यतामा आयोजित सञ्चार सम्बन्धी कानुनका विषयमाथीको अन्तरक्रिया कार्यक्रममा पत्रकार आचार्यलाई सम्मानित गरिएको हो ।

    आफु सम्मानित भएपछि आचार्र्यले नेजा ग्रामिण सामुदायिक पत्रकारिता पुरस्कारबाट आफु पुरस्कृत भएकोप्रति खुसी व्यक्त गर्दै यस पुरस्कारले ग्रामिण पत्रकारितामा अझ शसक्त रुपमा लाग्न हौसला मिलेको बताएकी छन् ।

    साथै उनले पुरस्कारका लागि योग्य ठानि पुरस्कृत गरेकोमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)र नेपाल पत्रकार महासंघलाई धन्यबाद पनि दिएकी छन् ।

    मन्त्री बडु, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउले, बर्तमान अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतले प्रेस कानुन र स्वतन्त्रताका बिषयमा बोलेका थिए ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!