US Khabar
  • “मायालु आभास” संगै मेघाको ग्ल्यामरमा इन्ट्री

    - SUSHMA DEVKOTA | ४ हप्ता पहिले प्रकाशित

    “मायालु आभास” संगै मेघाको ग्ल्यामरमा इन्ट्री

    को हुन् चर्चित गायक समिरको नयाँ गीतबाट कलाकारितामा प्रवेश गरेकी मेघा पोखरेल ?

    प्रभावशाली मुस्कान, मधुर बोली, सुन्दर आँखा र आकर्षक व्यक्तीत्व । झट्ट हेर्दा स्थापित मोडल हुन् कि भन्ने जो कोहीलाई लाग्छ उनलाई देख्दा । उनि अर्थात मेघा पोखरेल ।

    बुवा मखन पोखरेल र आमा मुना पोखरेलको सन्तानको रुपमा सप्तरीको रुपनगरमा जन्मिएकी मेघाले आफ्नो प्रारम्भिक शिक्षा काठमाडौंबाट सुरु गरेकी हुन् । सप्तरीमा जन्मिए पनि कक्षा १ बाट नै  काठमाडौंमा अध्ययन गरेकी मेघा हाल बियस्सी नसिंग गर्दै छन् ।

    चर्चित गायक समिर आचार्यको नयाँ गीत ‘मायालु अभाष’को मोडलमा मेघा अनुबन्धित भएकी छन् । मंसिरमा सार्वजनिक हुँदै गरेको यस गीतमा मेघा र सुदिप श्रेष्ठको अभिनय रहेको छ । यस गीतबाट उनको औपचारिक कला यात्रा सुरु भएको छ ।

    गायक समिर र अनु ढकालको युगल आवाज रहेको यस गीतको भिडियोलाई बिधान कार्कीले निर्देशन गरेका छन् । रवि मल्लको शब्द तथा संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

    उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गर्ने छन् ।

    आकर्षक शारिरिक बनोट र कुशल अभिनय क्षमता भएकी मेघाको उचाई ५.४ रहेको छ । नृत्य प्रशिक्षण समेत लिएकी उनले यूएस खबरसंगको कुराकानीमा मायालु आभाष आफ्नो पहिलो गीत भएकाले पनि यसलाई कलाकारिताको पहिलो परिक्षाकको रुपमा लिएको बताएकी छन् ।

    मेघालाई मोडलिगंमा डेब्यु गराएका गायक समिर चर्चित युवा गायक हुन् । मेरो दुनियाँ बेग्लै छ, तिमी हिड्ने पिच गर्दिन्छु रोड, घाममा सुकाईदेउ, झम्के माया, मुटु झोलामा लगायत दर्जनौ हिट गीतका गायक समिरले गायन र मोडलिगं दुवै क्षेत्रमा नयाँ कलाकारलाई डेब्यु गराउँदै आएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!