शरद रेग्मी
दाङ ,२४ पुस 

दाङको तुलसिपुरमा बहुआयामिक सभाहलको सिलन्यास गरिएको छ । तुलसिपुर उधोग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहलको भब्य कार्यक्रमका बिच सिलन्यास गरिएको हो । पश्चिम दाङमा सुबिधायुक्त सभाहल नहुदा ठुला कार्यक्रमहरु सञ्चालन गर्न समस्या भैरहेको सन्दर्भमा उधोग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहललाई सबै क्षेत्रबाट सहयोगमाको खाचो रहेको समेत ब्यबसायिहरुले बताएका छन ।

तुलसीपुर–९ दोघरेमा करिब ५ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा पार्किङ सहितको वहुआयामिक सभाहल निर्माणको काम सुरु अगाडि बढाउने तयारी भैरहेको निर्माण समितिका सयोजक बिमल रिजालले जानकारी दिनुभएको छ । हामिले महापुराणबाट सङकलन गरेको करिव दुई करोड र अन्य मेला महोत्सब तथा बिभिन्न क्षेत्रबाट प्राप्त सहयोग गरि करिव तीन करोडको तयारीमा जुटेका छौ सयोजक रिजालले भन्नुभयो “ ।

विभिन्न क्षेत्रबाट सहयोगका लागि गरिएका प्रतिबद्दता अनुरुप सभाहलको निर्माणको काम अगाडि बढाएका छौ सयोजक रिजालले भन्नुभयो “ ।

झन्डै आठ सयभन्दा बढि मानिसहरू अटने सभाहलमा प्रदेश स्तरिय कार्यक्रमहरुका साथै बिबाह ,सेमिनार ,ब्यबसायिक भेला,गोष्ठि तथा अन्य धार्मिक एव राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु समेत गर्नसकिने बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले बताउनु भयो । उहाका अनुसार तुलसिपुरमा निर्माण हुन लागेको बहुआयामिक सभाहल पश्चिम दाङको सबैभन्दा ठुलो क्षमता भएको हुने छ ।

सभाहल डेढ बर्ष भित्र निर्माण सम्पन्न हुने बताईएको छ । सभाहलको भब्य कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले शिलान्यास गरेका हुन् ।

Comments

comments