US Khabar
  • तालिवानी आक्रमणपछि विश्वप्यापी चर्चामा रहेकी ‘नोबेल शान्ति पुरस्कार’ विजेता मलाला बैबाहिक जीवनमा प्रवेश

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    तालिवानी आक्रमणपछि विश्वप्यापी चर्चामा रहेकी ‘नोबेल शान्ति पुरस्कार’ विजेता मलाला बैबाहिक जीवनमा प्रवेश

    १७ बर्षको उमेरमा विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कार जितेर चर्चामा आएकी पाकिस्तानकी मलाला युसुफजाइ बैबाहिक जीवनमा प्रवेश गरेकी छन् । सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता मलालाले असेर मलिक संग बेलायतमा विवाह गरेकी हुन् ।

    पाकिस्तानको आदिबासी तथा द्वन्द्वग्रस्त स्वात उपत्यकामा जन्मिएकी पस्तो परिवारकी मलाला स्वात उपत्यकामा तालिबानहरूले केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आएकी थिईन् । २०१२ मा टाउकोमा गोली हान्दा पनि बाँच्न सफल भएकी उनि वर्ष २०१३ मा भाइटल भोइसेज ग्लोवल लिडरसिप एवार्ड, इन्टरनेसनल पिस एवार्ड, क्लिन्टन ग्लोवल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस लगायत पुरस्कारबाट समेत सम्मानित छन् ।

    तलिवान दरवारा हत्याको प्रयास स्वरुप गरिएको गोली प्रहारबाट बाँच्न सफल मलालाले आफ्नो बैबाहिक जीवनबारे जानकारी दिँदै आफुले पाकिस्तानी युवक असेर मलिक संग विवाह गरेको जानकारी दिएकी हुन् ।

    हाल २४ वर्षिया मलाला बेलायतको बिर्मिङ्घममा रहँदै आएकी उनि तालिबान विद्रोहीहरूको आक्रमणकै कारणले असुरक्षा महसुस गरी बेलायतमा .रहँदै आएकी थिइन् । विवाहको पहिलो चरण अन्तरगत उनको निगाह भएको छ ।

    महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुँदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए । पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरूले मलाला चढेको स्कुल बसमा हमला गर्दा उहाँसहित तीन जना घाइते भएका थिए । त्यसपछि उहाँको चर्चा विश्वव्यापी भएको थियो । एजेन्सी

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!