US Khabar
  • ‘सार्क’ महासचिव वीराकुन र परराष्ट्र मन्त्री डा. खड्का विच भेटवार्ता

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    ‘सार्क’ महासचिव वीराकुन र परराष्ट्र मन्त्री डा. खड्का विच भेटवार्ता

    दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव एसाला रुवान वीराकुनले नेपालका परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग भेट गरेका छन् । श्रीलंकाली कूटनीतिज्ञ तथा (सार्क)का महासचिव वीराकुनले महत्वपूर्ण विषयमा वार्ता सहितको शिष्टाचार भेट गरेका हुन् ।

    भेटका अवसर परराष्ट्र मन्त्री डा. खड्का र महासचिव वीराकुनविचसार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनः सञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    इसाला रुवान विराकुन श्रीलंकाली कूटनीतिज्ञ हुन्। २०२० मार्च देखि हालसम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको महासचिव रहिआएका उनले पर्यटन विकास मन्त्रालयको स्थायी सचिव र विदेश मन्त्रालयको स्थायी सचिव र भारतको लागि श्रीलंकाका उच्चायुक्त र नर्वेका लागि राजदुत भएर काम समेत गरेका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!