US Khabar
  • एनआरएनए अमेरिकाद्वारा सल्यानमा निर्माणाधिन प्रसुतीगृहको निरिक्षण

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    एनआरएनए अमेरिकाद्वारा सल्यानमा निर्माणाधिन प्रसुतीगृहको निरिक्षण

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाले निर्माणाधिन सल्यानको प्रसुतीगृहको निरिक्षत गरेको छ । एनआरएनए अमेरिकाको  ‘One NCC One Charity ‘ अन्तरगत सल्यानको कुमाख गाँऊपालीका वडा नं.१ मा निर्माणाधीन प्रसुतीगृहको एनआरएनए अमेरिकाका पदाधिकारी सहितको टिमले निरिक्षण तथा अवलोकन गरेको हो ।

    एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्थ ले दिएको जानकारी अनुसार निर्माणधिन प्रसुतीगृहका लागि आवश्यक पुर्बाधार जग्गा ,पानी, बाटो बत्ती एबं Plinth Level को कार्य सम्पन्न भईसकेको छ ।

    पन्थ का अनुसार भवनको निर्माण कार्य यथासक्य चाडो सम्पन्न गर्ने लक्ष्य रहेको यस कार्यमा बिभिन्न व्यक्तीहरुले महत्वपूर्ण सहयोग रहेको छ । जसमा कुमाख गाउपालीका अध्यक्ष दिलमाया बुढा गिरी , मानव बिकाश तथा सामुदायिक सेवा( HDCS) अन्तर्गत चौरीजहारी अस्पतालका प्रमुख प्रशासक दिल बहादुर गिरी लगायत डा। कालेव बुढा , बरिष्ठ सिभिल ईन्जिनियर सुधिर केसी , प्रोजेक्ट म्यानेजर सुरज दाहाल , सामुदायिक स्वास्थ्य प्रमुख पुर्ण थापा , पत्रकार भाई किरण बुढाथोकी लगायत अन्य स्वास्थ्यकर्मीहरु रहेका छन् । एनआरएनए अमेरिकाले सहयोगी सबैप्रति कृतज्ञता सहितको धन्यवाद प्रकट गरेको छ ।

    सल्यानको विकट स्थानका रुपमा रहेको कुमाख गाँऊपालीका वडा न.१ मा महिला तथा बालबालिकाको अवस्थालाई ध्यानमा राखी निर्माण गरिदैं गरेको यस भवनका लागि स्थानीयवासीहरु सन्तोष राना र दले रानाले करिब ५ रोपनी जग्गा दान गरेका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!