गोकर्णेश्वर मेयर कपः हिजो भएको दोस्रो खेलमा वडा नं ४ बी बिजयी

43

आशिस तामाङ काठमाडौं– गोकर्णेश्वर मेयर कप अन्तर्गत आज भएको दोस्रो खेलमा अन्तर्गत गोकर्णेश्वर वडा नं ४ बी र वडा नं ९ बीच भएको खेलमा गोकर्णेश्वर वडा नं ४ बिजयी बनेको छ ।

शुरुआतमा निकै नै प्रतिश्पर्धात्मक बनेको यस खेलको पाचौ मिनेटमा वडा नं ९ का तर्फबाट कपिल तिमिल्सिनाले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । उक्त अग्रतालाई ९ औ मिनेटमा सन्देश थापाले वडा नं ४ बी का तर्फबाट गोल प्रहार गर्दै बराबरीमा ल्याए र १७ औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

बडा नं ९ का तर्फबाट १९ औ मिनेटमा मूकेश लामाले पहेलों कार्ड खाए ।

शुरुआतमा प्रतिश्पर्धात्मक देखिएको वडा नं ४ बीले खेलमा दोस्रो हाफमा झनै आक्रमक खेलेको थियो । यसैगरी ४ बी का तर्फबाट अनुप श्रेष्ठले ४९ औ मिनेटमा र राजेश श्रेष्ठले ५२ मिनेटमा गोल गर्दै अङ्कतालिकालाई ४–१ मा परिणत गर्यो । खेलमा ९ का तर्फबाट बिपक्षीको पोष्टमा कैयौ सुट पहार गरेपनि गोलमा परिणत हुन् सकेन र फराकिलो हार ब्यहोर्नु पर्यो । खेलको म्यान अफ द म्याचको रुपमा गोकर्णेश्वर ४ बी का तर्फबाट जर्सी नं १० का सन्देश थापा नै बने ।

खेल प्रतियोगीताको पुस्कारराशि अन्तर्गत पहिलो स्थान हासील गर्नेलाई १ लाख र द्धितिय स्थान लाई ५० हजार नगर सहित मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता २८ गतेसम्म चल्नेछ ।

Comments

comments