US Khabar
  • सगरमाथा म्युजिक अवार्ड: ‘ओई भन्यो मायाले’ गायक विमर्षी सर्वोत्कृष्ठ लोक गायक रुपमा सम्मानित

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    सगरमाथा म्युजिक अवार्ड: ‘ओई भन्यो मायाले’ गायक विमर्षी सर्वोत्कृष्ठ लोक गायक रुपमा सम्मानित

    यस बर्षको सगरमाथा म्युजिक अवार्डमा हरी गिरी विमर्शी सर्वोत्कृष्ठ लोक गायक रुपमा सम्मानित भएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ सम्पन्न कार्यक्रममा गायक विमर्षीलाई ओई भन्यो मायाले’ बोलको गीतबाट सर्वोत्कृष्ठ लोक गायकका रुपमा सम्मानित गरिएको हो ।

    यस वर्षकै अत्याधिक चर्चित गीतका रुपमा रहेको यस गीतमाथी लाखौंको संख्यामा टिकटक बनेका छन् भने यूटुवमा समेत करोड कल्व माथीको यस गीत सफलता शिर्ष स्थानमा रहेको छ । यस अघि गीत गीत ‘स्वामी राजै’ बाट छायाँछवि अवार्ड समेत जितेका गायक विमर्षीका गीतहरु माटो सुहाँउदो भएकाले पनि सबै उमेर समुहको रोझाईमा उनका गीतहरु पर्दै आएका छन् ।
    आफैं शब्द तथा संगीत समेत सृजना गर्ने विमर्षीको नयाँ गीतहरु सार्वजनिकको तयारीमा रहेका छन् ।

    को हुन् गायक हरी गिरी ‘बिमर्षी’ ?

    बुवा ओमलाल गिरी र आमा ईन्दिरा गिरीको सन्तानको रुपमा कालीगण्डकी ५ लम्करा गुल्मी (सावीक) फोक्सीङ् १ लम्करा गुल्मीमा जन्मेका गायक हरी गिरी ‘बिमर्षी’ले २०७३ सालमा ‘ईतिहासमा नाम होस्’ बोलको गीत रेकड गराएर औपचारिक संगीत यात्रा सुरु गरेका हुन् ।

    गायक विमर्षी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल नाम हो । कक्षा नौ मा पढ्दाताकाबाट गीत गाउन सुरु गरेका गायक तथा सर्जक बिमर्षीका यस अघिका गीतहरु ओई भन्यो मायाले झ्यालबाट,छक्कै परें देखेर, चाइनाको रेल, भण्डारीको गोठसंगै हुने कहिले, अरवको लाहुरे, याद आउने दील लगायतका गीतहरु स्रोता दर्शकको प्रशंसा पाएका गीतहरु हुन् ।

    छोरा हुनुको पारिवारिक दाहित्व निर्वाह गर्दै गायन कर्मलाई संगै लिएर हिँडेका गायक विमर्षी नेपाली मौलिक परिवेशका टिपिकल शब्दहरुलाई कलात्मक रुपले संयोजन गरेर उत्कृष्ट गीत नेपाली संगीत बजारलाई दिंदै आएका गायक हुन् । उसो त उनि सबै प्रकारका गीतहरुलाई उत्तीकै सम्मान गर्ने संगीतकर्मी हुन् । नेपाली माटो र अवस्था सुहाउँदो शब्द र संगीतले नेपालीको वास्तविक परिचय बोकेको हुन्छ भन्ने लाग्छ उनलाई ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!