US Khabar
  • ईरा आचार्य स्मृति अक्षय छात्रवृति कोषद्धारा छात्रवृति वितरण

    - ओम आचार्य | २ हप्ता पहिले प्रकाशित

    ईरा आचार्य स्मृति अक्षय छात्रवृति कोषद्धारा छात्रवृति वितरण

    ईरा आचार्य स्मृति अक्षय छात्रवृति कोषद्धारा पहिलो छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । ईरा आचार्य स्मृति अक्षय छात्रवृति कोषद्धारा नेपालका काभ्रेपलान्चोक, रामेछाप, रसुवा र नुवाकोटका बिद्यालयहरुका जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ ।

    कोषले डालस–फोर्टवर्थकी अग्रणी समाजसेवी ईरा आचार्यको स्मृतिमा काभ्रेपलान्चोकको पाँचखाल खरेलथोक स्थित भगवती माध्यमिक बिद्यालयमा गत शुक्रबार एक कार्यक्रम बिच छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । गत बर्ष स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट सो छात्रवृति प्रदान गरिएको थियो ।
    राम्रो शैक्षिक उपलव्धी, कमजोर आर्थिक अवस्था र राम्रो अनुशासनपालनको आधारमा मुल्याँङ्गकन गरि ९ देखि १२ कक्षामा अध्ययनरत १२ छात्र–छात्राहरुलाई छात्रवृतिको लागि चयन गरिएको थियो । उक्त छात्रवृति पाउनेहरुमा निरुता तामांग, संजिता तामांग, स्मृती तामांग, अनिता लामा, मल्लिका मगर, निश्मा तामांग, भवानी श्रेष्ठ, सिर्जना वाइवा, आशिक श्रेष्ठ,, पÞmुर्साङ्ग तामांग, राजीव तामांग, शंखराम लामा छन् । बिद्यालय संचालक समिती अध्यक्ष राम बहादुर तामांग र डेभलपमेन्ट फर पिस इन्टरनेसनल अन्तर्गत ईरा आचार्य स्मृति छात्रवृति कोषका संयोजक बैकुण्ठराज आचार्यले संयुक्त रुपमा सो छात्रवृति र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

    उक्त छात्रवृति वितरण समारोहमा बिद्यालय संचालक समितिक अध्यक्ष राम बहादुर तामांग, बिद्यालयका प्रधानाध्यापक ध्रुव राज भण्डारी, डेभलपमेन्ट फर पिस इन्टरनेसनलका सल्लाहकार रमेश पोखरेल, कोषाध्यक्ष भगवती पौडेल तथा ईरा आचार्य स्मृति छात्रवृति कोषका संयोजक बैकुण्ठराज आचार्यले छात्रवृति पाउने बिद्यार्थीहरुलाई बधाई दिनुका साथै छात्रवृतिको उद्देश्य तथा महत्व बिषयमा प्रकाश पार्नु भएको थियो । समारोहमा डेभलपमेन्ट फर पिस इन्टरनेसनलका गायत्री रिमाल, दिनेश मैनाली, मणि चौलागाईं, शेखर खरेल, शशि पोखरेल तथा संस्थाका मित्रहरु नविन मिश्र, प्राध्यापक भिष्म सुबेदीको समेत सहभागीता रहेको थियो ।

    डेभलपमेन्ट फर पिस इन्टरनेसनलका अध्यक्ष दीपक खरेलका अनुसार संस्थाले बिभिन्न दाताहरुबाट रकम संकलन गरि नेपालका धेरै भन्दा धेरै बिद्यार्थीलाई सहयोग गर्ने योजना रहेको जानकारी गराउनुभएको छ । कोषले अगामी बर्ष डालस टेक्सासका दाताहरुसंग सहकार्य गद थप बढी छात्रवृति प्रदान गरिने जनाएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!