US Khabar
  • नेपाली कांग्रेसका युवा नेता हरिबाेल भण्डारीले गरे केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा

    - Admin | २ महिना पहिले प्रकाशित

    नेपाली कांग्रेसका युवा नेता हरिबाेल भण्डारीले गरे केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा

    काठमाडौ : नेपाली कांग्रेसका युवा नेता हरिबाेल भण्डारीले केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा गरेका छन् । काठमाडौं ३ बाट अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भण्डाडारीले साेमबार कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा गरेका हुन् ।

    कांग्रेसकाे अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उठेका भण्डारीले सम्मानजनक मत ल्याएका थिए । कांग्रेसलाई सुदृढ र सशक्त बनाउन आफ्नाे उमेदवारी भएकाे उनले बताएका छन् । `मेरो सकृय राजनीतिको केही मुलभूत मान्यताहरुछन्।

    नेपाली कॉंग्रेसको स्थापनाकालिन उद्देश्य र सिद्धान्तलाई पुर्नजागृत गर्दै बिपी कोईरालाले देख्नु भएको समाजबादी समाजमा नेपाली समाजलाई पुर्याउनु पहिलो र अन्तिम कर्तव्य संझेको छु´ उनले भने,`म संग एउटा सपना छ। मेरो त्यो सपनालाई पुरागर्ने इच्छाशक्तिले मलाई प्रत्येक दिन लखेट्दै छ। मेरो दौडाईको त्यो क्रमममा केवल एउटा चिजको खॉंचो छ। त्यो तपाईहरुको साथ सहयोग र समर्थनकाे अपेक्षा गरेकाे छु ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!