US Khabar
  • नेपाली समाज, अमेरिकि राजनितिमा आप्रवासि र दिनेश शर्माहरु l

    - पुण्य पाण्डे [ टेक्सास, अमेरिका | १ महिना पहिले प्रकाशित

    नेपाली समाज, अमेरिकि राजनितिमा आप्रवासि र दिनेश शर्माहरु l

     एउटा सम्भावना समाप्त हुनु भनेको अर्को अझ राम्रो र संसक्त सम्भावनाको उदय हुनु हो ।  नि-शन्देह हामी नेपाली जो नेपाल वाहिर विविध कारणले छौं, त्यो नेपाल देशको लागी त्यति राम्रो विषय हैन । हामी जो नेपाल बाहिर प्रदेशि जिवन यापन गरिरहेका छौ, त्यही मध्यबाट नै नेपाली राजनितिलाई नेतृत्व गर्ने, देश बिकास र विकसित देश बनाउने र हामी नेपाली जातिलाई विदेशी भुमिमा आफ्नु क्षमता प्रयोग गर्ने हैन नेपालमै देश निर्माण मा सहयोग गर्ने सपुत छौ होला/थियौ होला ।

    हाम्रो कर्मभुमि मुख्यत पैसा कमाउने, व्यापार व्यवसाय गर्ने, प्रतिष्ठित विश्वविद्यालय बाट डिग्रि बाट दिक्षित हुने, प्रतिष्ठित कम्पनिमा काम गर्ने वा सामान्य काम गरेर डलर संङ्कलन गर्ने मा नै व्यतित हुन्छ । त्यो भन्दा टाडा एउटा क्षितिजमा ‘राजनिति’ लुकेर हामीलाई च्याईरहेको हुन्छ।  जति सहज तरिकाले हामी त्यो समाज व्यवस्थापनको उन्नत कर्मलाई जन्मभुमिमा प्रयोग गर्छौ ‘राजनिति’ त्यति सहज हामीले रोजेको कर्मभुमिमा बन्दैन र हुदैन ।

    हामी नेपाली जो नेपालमै हुदाँ कुनै न कुनै बहानामा राजनितिक रुपमा प्रशिक्षित भएका हुन्छौं वा भनौ घर परिवार बाट नै पनि केहि राजनितिको तिख्रा रोपेका हुन्छौ । त्यो राजनितिको भोक कर्मभुमिमा हामीले अहिले सम्म प्रयोगमा ल्याएको भनेको, स्थानिय सहरमा ‘नेपाली समाज’ निमार्ण गरि चाडपर्व र बेला बखत जम्मा भएर रमाइलो गर्ने कामना प्रयोग गरौं । अलिक पर गएर जो हिजो नेपालमा हुदाँ राजनितिक रुपमा पार्टीगत रुपमा कर्यकर्ता भएर वा भनौ नेता भएर काम गरौ, त्यो वर्गले त्याहाँ गर्ने नसकेको राजनितिक महत्वकाक्ष पुरा गर्ने, NRNA को स्थापना गरियो।  चातुर्यरुपमा स्थापना देखिनै भन्नलाई विदेशमा रहेका नेपालीको दुख सुखको संस्था भने पनि टुटेको नेपाली राजनितिको स्वाद विभिन्न देशमा वसेर लिन नै तल्लिन छ । NRNA वैदेशिक नेपाली कंग्रेस_एमाले भन्दा भिन्न भएन, र हुन पनि सक्दैन । बाहिर जे जसरी संस्थाको उदेश्य देखाएपनि, मुलत NRNA विदेशमा बस्ने कंग्रेस र कम्युष्ट कार्यकर्ता को नेपाली राजनिति गर्ने भाडो मात्र हो ।
    हिजो जे भए, कसले के स्वार्थका लागी संस्था स्थापना गरे, कुन स्वार्थ, कुण्ठा वा भनौ हिजोको राजनितिक इगोका लागी काम भए त्यो हाम्रो पुस्ताको चासोको विषय बनाउनु हुदैन । एउटा सामान्य प्रकृतिक नियम के हुन्छ भने जसलाई जे गर्दा आनन्द आउँछ त्यहि गर्ने दिने हो, जब सम्म त्यसले अरु र समाजलाई प्रदुषित गर्दैन ।

    अब मुलत USA मा एउटा यस्तो पुस्ता निर्माण भएको छ जो त्यो वुडा पुस्ताको किचलोको वास्ता छैन, महत्वपनि दिदैन र हयारी भण्डारी लगाएतका आदरणिय अग्रज जो नेपाली अमेरिकनका लागी इतिहास लेख्न लागी परेका हरुलाई हेरिरहेका छन । त्यही क्रममा दिनेश शर्मा अगाडी वड्दै हुनुहुन्छ । इतिहास भोली हो त्यही पुस्ता अग्रज हरुको लेख्ने हो अमेरिकि नेपाली समाजमा । भोली मानौ हाम्रो पुस्ता अमेरिकि राजनितिमा फुले भने तिनै हयारी भण्डारी र दिनेश शर्मा हरुका नाम white House को प्रगाणबाट नाम गुन्जिने छ न कि आज NRNA मा गुटगत कुहिएको राजनिति गर्ने हरुको ।

    आज हामी सामु यस्तो सुनौलो अवसार छ यो अमेरिकि समाजमा जसले हामी भावी पुस्ताका लागी इतिहास रच्न सक्छौ, भावी पुस्ताको प्रेरणा र गर्विलो इज्जत दिन सक्छौ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!