मोडल सागर कार्कीको अभिनित ‘मेरो मनको मान्छे’ सार्बजनिक ( भिडियो सहित )

60

काठमाडौँ । मोडल सागर कार्की र मनिसा थापालाई फिचरिङ् गरिएको ‘मेरो मनको मान्छे’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । गायिका जुनु गौतमको सुमधुर स्वरमा सजिएको उक्त गीतको भिडियो देश परदेश मिडिया नामक युट्युब च्यानलबाट बजारमा आएको हो । राजन थापाको शब्द र जितेन लेप्चाको संगीत रहेको उक्त गीतको भिडियोलाई दर्शकले मन पराउने पक्का छ ।

रविन तामाङ्गको निर्देशनमा बनेको उक्त गीतको भिडियोलाई नरोत्तम पाण्डेले खिचेका छन् भने उनी आफैँले सम्पादन गरेका छन् । म्युजिक भिडियो निर्माण युनिटको काम तारिफ गर्न लायक छ । गीतको छायाङ्कन निकै नै रमणीय दृश्यहरु देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस –

Comments

comments