US Khabar
  • अमेरिका मधेसी समाजद्वारा विपन्न महिला किशानहरुलाई व्लाङ्गकेट वितरण

    - USkhabar | ४ हप्ता पहिले प्रकाशित

    अमेरिका मधेसी समाजद्वारा  विपन्न महिला किशानहरुलाई व्लाङ्गकेट वितरण

    अमेरिका मधेसी समाज (AMS)को सहयोगमा बारा जिल्लाका बिपन्न महिला किसानहरूलाई व्लाङ्गकेट वितरण गरिएको छ ।

    राष्ट्रिय कृषक समुह महासंघ नेपाल करैयामाई गाँउपालिकाको अध्यक्ष बिरेन्द्र प्रसाद यादवको अध्यक्षता करैयामाई (३ बारामा व्लाङ्गकेट वितरण गरिएको हो । जाडोको मौसममा बितरण भएको यो व्लाङ्गकेटले विपन्न परिवारमा ठुलो राहत मिलेको स्थानियले बताएका छन् भने अमेरिका मधेसी समाजले जाडो मौसममा न्यानो सहयोग वितरण अभियानमा सहयोग पुर्याउने टेक्सासका सामाजिक अभियन्ता सन्देश उप्रेती, सुशिल क्षेत्री र आकाशलाई धन्यवाद व्यक्त गरेको छ ।

    यस अघि तराईमा हुने सितलहरको जोखिम बाट बचाउन श्री झरिमाई नर्सिङ्ग युवा क्लब परोहा-८ ले खेदु मुखियाको अध्यक्षता सोही प्रकारको अभियान स्वरुप व्लाङ्गकेट बितरण गरेको थियो भने अमेरिका मधेसी समाज सर्लाही जिल्लामा पनि चाडै नै यहि प्रकारको कार्यक्रम गर्ने तयारीमा रहेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!