US Khabar

सुदुरपश्चिम नेपाली समाजले बाल्टिमाेरबाट पठाएको राहत प्रदेश ७ का विद्यार्थीलाई वितरण

- Admin | ३ वर्ष पहिले प्रकाशित

सुदुरपश्चिम नेपाली समाजले बाल्टिमाेरबाट पठाएको राहत प्रदेश ७ का विद्यार्थीलाई वितरण

देश दैनिक डट कम काे पहलमा अमेरिकाकाे बाल्टिमाेरबाट सुदुर पश्चिम नेपाली समाजले टियुमा अध्यनरत प्रदेश ७ का विद्यार्थीहरुका लागी संकलन गरि पठाएकाे राहत सामग्री वितरणकाे कार्य भव्यरुपमा सम्पन्न भएकाे छ । बुधबार त्रिभुवन विश्व विद्यालय कीर्तिपुरकाे प्राङ्गणमा आयाेजित राहत वितरण कार्यक्रममा टियुमा अध्यनरत सुदुर पश्चिमका ३ सय भन्दा बढी विद्यार्थीलाई राहत वितरण गरिएकाे हाे ।

यस अघी २ सय ५१ जना विद्यार्थीहरु मात्र राहत पाउने सुचीमा थिए भने बुधबार सम्ममा १०० जना विद्यार्थीहरु थपिएका हुन् । विद्यार्थीहरुलाई प्रतिव्यक्ति १० केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ प्याकेट नुन राहत स्वरुप बाँडिएकाे छ । बाल्टिमाेर नेपाली समाजकाे सहयाेगमा ११२ बाेरा चामल, ७५० केजी दाल, २८ कार्टुन तेल र २८० प्याकेट नुन वितरण गरिएकाे छ ।

कीर्तिपुर नगरपालिकाकाे समन्वय र कीर्तिपुर नगरपालिका वडा नम्बर १० काे रोहबरमा टियुमा अध्यनरत युवा विद्यार्थी नेतृ सम्झना केसी, अभियन्ता हेमराज थापा,अमर जोशी, चन्द्र रावत,हिक्मत खड्का लगायतका विद्यार्थीहरुले राहत वितरणकाे उचित व्यवस्थापन गरेका थिए ।

राहत सहयाेग गर्ने सुदुर पश्चिम नेपाली समाज बाल्टिमाेरलाई धन्यवाद दिदै विद्यार्थी नेतृ सम्झना केसीले राहतकाे सुचिमा परेका विद्यार्थीहरुलाई पुर्व घाेषित कार्यक्रम अनुसार अत्यन्तै सहज र व्यवस्थित ढ‌ंगले राहत वितरण गरिएकाे र नयाँ थपिएकाहरुलाई पनि उचित व्यवस्थापन गरिएकाे बताईन् । त्यस्तै युवा अभियन्ता हेमराज थापाले आफै उच्च जोखिममा हुँदा हुँदै पनी राहत सहयाेग गर्ने अमेरिकाका सम्पुर्ण मनकारी नेपालीहरुलाई धन्यवाद दिनुका साथै संकटकाे घडिमा सबैले यसरीनै सहयाेगका हात बढाउनुकाे विकल्प नरहेकाे बताए ।

सामाजिक दुरी कायम गरेर गरिएकाे राहत वितरणकाे कार्यक्रम सुदुर पश्चिम नेपाली समाज बाल्टिमाेरकाे अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण पनि गरिएकाे थियाे ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!