US Khabar
  • चलचित्र “हेल्लो जिन्दगी”को प्रदर्शन मिती घोषणा

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    चलचित्र “हेल्लो जिन्दगी”को प्रदर्शन मिती घोषणा

    चलचित्र हेल्लो जिन्दगीको प्रदर्शन मिती घोषणा भएको छ । एभरेष्ट सुर्य बोहरा निर्देशित ‘हेल्लो जिन्दगी’ चैत्र ११ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

    पोस्टर सहित प्रदर्शन मिती सार्वजनिक गरेको हेल्लो जिन्दगीमा विक्रम डी जोशी र दीपिका प्रसाईको केन्द्रिय भुमिका रहेको छ भने चलचित्रमा प्रियंका कार्की, विक्रान्त वस्नेत, विल्सन विक्रम राई, कुमुद पन्त,  एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई अभिनेता विक्रम डी जोशी र हिराल जोशीले निर्माण गरेका हुन् ।

    पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा सामाजिक यथार्थतालाई प्रस्तुत गरिएको छ । सत्य घटनामा आधारित भनिएका चलचित्रको छायाँकन बेलायत र नेपालमा गरिएको छ ।
    निर्देशक बोहोरा यस चलचित्रमा गीतकारका रुपमा पनि देखिएका छन् । उनले लेखेका गीतहरुमा राजनराज सिवाकोटी र एलिस कार्कीले संगीत भरेका हुन् । जसमा , एड्रिन प्रधान, रजिना रिमाल प्रमोद खरेल, प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!