US Khabar
  • नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को साधारण सभा सम्पन्न

    - USkhabar | २ हप्ता पहिले प्रकाशित

    नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को साधारण सभा सम्पन्न

    अमेरिकाको टेक्सासमा स्थापित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) यस पटकको साधारण सभा मुख्यत नयाँ मन्दिर निर्माण र सदस्यता सम्बन्धमा केन्द्रित रहेर सम्पन्न भएको छ । टेक्सासको अर्भिङबाट युलेसमा सारिदैं गरेको पशुपतिनाथ तथा बौद्ध स्तुपा सहितको नेपाली मन्दिर निर्माणका निम्ती आवश्यक खर्च तथा विधान सम्भत सदस्यताका बिषयमा गम्भिर छलफल सहित आईतबार एनसिएससीको साधारण सभा सम्पन्न भएको हो ।

    अर्भिङमा रहेको नेपाली मन्दिरको भवन १४ लाख ८६ हजार डलरमा बिक्री गरेर झण्डै ५५ लाख डलरको लागतमा युलेसमा सारिदैं गरेकोले यस पटकको साधारण सभा मुख्यत निर्माणाधिन मन्दिरका लागि आवश्यक खर्च जुटाउनेतर्फ लक्षित बनेको हो । नेपाली अस्तित्व र पहिचान बोकेको नेपाली मन्दिर निर्माण योजना सफलतापूर्वक सम्पन्न गर्न ड्यालस–फोर्टवर्थमा रहेका हरेक नेपाली समुदायसंग सहयोगको अपेक्षा सहित एक घर एक संस्थापक सदस्य’ अभियान नै चलाएर अघि बढेको एनसिएससीले यस पटकको साधारण सभाबाट केही बिधानहरुलाई पनि परिमार्जित गरेको छ । दुई वर्षभित्र युलेसमा धार्मिक रुपले सम्पन्न र बृहत मन्दिर निर्माणको योजनमा रहेको एनसिएससीले यस पटकको साधारण सभामा आय–व्ययको विवरण पारित गरेको छ ।

    केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलको अध्यक्षतमा बसेको साधारण सभाले आउँदो मार्च पहिलो साताभित्र पुरानो स्थानबाट नयाँ स्थानमा मन्दिर सार्ने योजना र आवश्यक आय–व्ययका प्रस्तावहरु पारित गरेको छ । गत डिसेम्बर अन्तिममा नै संस्थापक सदस्य बन्न पाउने अवधि समाप्त भएको भएपनि यस पटक नयाँ स्थानमा मन्दिर सार्नु पर्ने भएकाले कार्यसमितिको संख्या थप गर्नुका साथै संस्थापक सदस्य बन्न पाउने अवधि थप २ बर्ष बृद्धी गरिएको छ । मन्दिर निर्माणको समयाबधी २ बर्षको योजनाभित्र रहेकाले र झण्डै ४० लाख डलर थप गर्नुपर्ने भएपछि आवश्यक खर्च जुटाउने अवधी पनि थप गर्नु परेको हो । जुन प्रस्ताव सर्व सम्मतले पारित भएको छ ।

    सम्पन्न साधारण सभाबाट मन्दिर निर्माण र खर्च व्यवस्थापनका लागि सदस्य संख्या र शुल्कमा केही बृद्धी गरेको छ । सभाको निर्णय अनुसार संस्थापक सदस्यका लागि यस अघि ३ हजार डलर शुल्क राखिएकोमा यस पटक ५ सय डलर थप गरि ३ हजार ५ सय डलर बनाईएको छ भने कार्यसमिति सदस्य सख्या १५ बाट बढाएर १७ पुयाईएको छ ।

    नेपाली धार्मिक र साँस्कृतिक पक्षसंग युवाहरुलाई प्रत्यक्ष जोड्न सके नयाँ पुस्तासम्म नेपालीपन बिस्तार हुन सक्ने उदेश्य सहित यस पटक ५ सय डलर तिरेर युवाहरु समेत जोडिन सक्ने व्यवस्था गरिएको छ तर यो शुल्क तिरेर आवद्धहुनेहरुले मतदानको अधिकार भने पाउने छैनन् । मताधिकारका हकमा भने १५ सय डलर शुल्क तोकिएको छ ।

    त्यस्तै मन्दिरको बोर्ड अफ ट्रष्टीको सदस्य बन्नका लागि भने पुरानै प्रावधान कायम रहेको छ । एकल र दम्पत्तीका सवालमा छुट्टा छुट्टै शुल्कको व्यवस्था भएको छ । बोर्ड अफ ट्रष्टीको सदस्य अन्तरगत एकल सदस्य लिनेले ११ हजार डलर र युगल अर्थात दम्पत्तीका हकमा १५ हजार डलर शुल्क यथावत् रहेको छ ।

    ५० हजार डलरभन्दा बढी सहयोग गर्नेलाई मन्दिरले संरक्षक बनाउने नीति लिएको एनसिएससीको यस निती अनुरुप अहिले सम्म स्वेच्छाले ११ दम्पत्ती संरक्षक बनिसकेका छन् भने अहिले सम्म व्यक्तिगत र दम्पत्ति बोर्ड अफ ट्रष्टी २ सय ४८, संस्थापक सदस्य ९ सय ५४ र आजीवन सदस्य ६२ जना बनिसकेका छन् ।

    पहिलो चरणमा खरिद गरिएको खाली भवनमा आवश्यक मर्मतकार्य सुरु भै सकेको नयाँ मन्दिर निर्माण लक्षित सदस्यता बितरण भै रहेको मा युथ काउन्सिल मेम्बर मध्यवाट १ जना सदस्य चयन गरिने व्यवस्था रहेको छ यसमा १८ देखी ३० बर्ष उमेर समुहका युवा मात्र सदस्य रहने छन् भने यस कमिटीमा निवर्तमान अध्यक्ष समेत रहने छन् । थप जानकारी भिडीयो मार्फत

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!