US Khabar
  • ‘पुष्पा’ हिन्दी डब प्राइम भिडियोमा जनवरी १४ मा

    - USkhabar | २ हप्ता पहिले प्रकाशित

    ‘पुष्पा’ हिन्दी डब प्राइम भिडियोमा जनवरी १४ मा

    साउथ सुपरस्टार अल्लु अर्जुनको तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा पनि धमाका मच्चाइरहेको छ ।

    जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा तेलुगू, मलयालम, तमिल र कन्नड भाषामा प्रदर्शन भइरहेको यो चलचित्र यही जनवरी १४ देखि हिन्दी भाषामा पनि रिलिज हुने भएको हो । सुकुमारद्वारा निर्देशित ‘पुष्पा’मा अल्लु अर्जुनका साथमा रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको छ ।

    कोरोना भाइरसको तेस्रो लहरका कारण धमाधम सिनेमा हलहरु बन्द भइरहेका बेला ओटीटीमा पनि यो चलचित्रले धमाका मच्चाइरहेको छ ।

    आन्ध्र प्रदेश र तमिलनाडुको सीमावर्ती जंगलमा हुने रक्तचन्दन तस्करीको कथामा आधारित ‘पुष्पा’मा एक श्रमिक रक्तचन्दन तस्करीको नाइके बनेको घटनाक्रमलाई उठान गरिएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!