US Khabar
  • गायक \ संगीतकार कन्हैया सिंह अमेरिकामा ठुलो दुर्घटनाबाट बाँच्न सफल: ‘आज ठुलो कालबाट बाँचे’…..

    - USkhabar | १ हप्ता पहिले प्रकाशित

    गायक \ संगीतकार कन्हैया सिंह अमेरिकामा ठुलो दुर्घटनाबाट बाँच्न सफल: ‘आज ठुलो कालबाट बाँचे’…..

    बरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह ठुलो दुर्घटनाबाट बच्न सफल भएका छन् । अमेरिकामा रहेका संगीतकार सिंहको कारलाई तिव्र गतीमा आएको अर्को कारले ठुलो धक्का दिँदा भएको दुर्र्घटनामा उनि आश्चर्य जनक रुपमा सकुशल बाच्न सफल भएका हुन् ।

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अमेरिका को अध्यक्ष समेत रहेका संगीतकार सिंहले चलाईरहेको कार ट्राफिक नियम अनुसार ग्रीन लाईटको पर्खेर बसिरहेको बेला पछाडीबाट अति तिब्र गतिमा आएको कारले जोडले धक्का दिएको थियो । धक्काका कारण दुवै कार नराम्रोसंग क्षतिग्रस्त भएपनि सिंहको बाहिरी शरिरमा कुनै पनि चोटपटक लागेको छैन, जवकी कारको अवस्था हेर्दा कारभित्र रहेका उनको शरिरमा गम्भिर चोट लागेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

    आफु कार दुर्घटनाबाट बाच्न सफल भएको कुरा फेसबुक मार्फत जानकारी दिंदै संगीतकार सिंहले भनेका छन् सायद जिन्दगीमा अझै धेरै कामहरु गर्न लेखेको होला ।’

    आफ्नो र आफुलाई धक्का दिने दुवै कारको तस्विर सार्वजनिक गर्दै उनले घटनाबारे उल्लेख गरेका छन् । उनका अनुसार सिंह रेड लाईटको अगाडी बसेर ग्रीन लाईट पर्खिरहेका थिए । पछाडीबाट तिव्र गतिमा आएको कारले एकदमै ठुलो ठक्कर दिएपछि उनि ठक्करको आवाज सुनेपनि ५\१० मिनेट सम्म के भयो भन्नेबारे समेत थाहा नपाएको अवस्था सम्म पुगेका थिए ।

    केही बेरमा प्रहरी घटनास्थल पुग्दा उनि विस्तारै सामान्य अवस्थामा फर्किएका थिए । संगीतकार सिंहका अनुसार अहिले उनको बाहिरी शरिरमा कुनै पनि चोटपटक नदेखिएको भएपनि स्वास फेर्दा छातिको दाहिने कोखामा दुखाईको महसुष भै रहेकाले भोली बिहान सम्म यो पिडा कम नभए अस्पताल जाने बताएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!