US Khabar

भित्रियो नेपालमा पनि कोरोना मृत्यु: धुलिखेल अस्पतालमा उपचाररत महिलाको संक्रमणबाट मृत्यु

- Admin | २ वर्ष पहिले प्रकाशित

भित्रियो नेपालमा पनि कोरोना मृत्यु:  धुलिखेल अस्पतालमा उपचाररत महिलाको संक्रमणबाट मृत्यु

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वाब जाँच गर्दा कोरोना पोजेटिभ देखिएको २९ वर्षकी ती महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी उनलाई बिहीबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याईएको थियो । उपचारका क्रममा नै उनको मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा अस्पताल ल्याइएकी उनको  सुरुमा आरडीटी पोजिटिभ देखीएकी उनिमा पीसीआर पनि पोजिटिभ आएसंगै उनको मृत्युको कारण कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!