US Khabar
  • युएस खबरकर्मी पत्रकार दाहाल तेस्रो पटक संक्रमित

    - USkhabar | १ हप्ता पहिले प्रकाशित

    युएस खबरकर्मी पत्रकार दाहाल तेस्रो पटक संक्रमित

    नेपालगन्ज २८ पुष : कोभिड विरुद्धको खोप लगाएकायुएस खबरकर्मी पत्रकार खगेन्द्र दाहाल पुनः कोरोना संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमण विरुद्धको कोभिड भ्याक्सिन कोभिशिल्डको दुवै डोज पुरा गरेका पत्रकार दाहाल आज पुनः संक्रमित भएका हुन् । कोरोना संक्रमित भएका उनी यो तस्रो पटक हो ।

    यसअघि पत्रकार दाहाल २०७७ साउन २१ गते र दोस्रो पटक सोही वर्ष मंसिर २१ गते कोरोना संक्रमित भएका थिए । तेस्रोपटक कोरोना संक्रमित भएका पत्रकार दाहाल यतिबेला खजुरा गाउँपालिका स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेका छन् ।

    पत्रकार दाहालले आफुलाई  बेलुका ६ बजेदेखि जाडो बढी महसुस भयो, रातभरी काम ज्वरो र जीउ कटकटी खाएको र  यसअघि पनि आफू संक्रमित हुँदा यस्तै लक्षण पाएको शंकामा आज विहान र दिउँसो दुई पटक एन्टिजेन परीक्षण गर्दा कोभिड पुष्टि भएको जनाएका छन् ।

    कोभिड पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेको बताउँदै पत्रकार दाहालले भने–‘यसपटक कोभिड पुष्टि भएपनि पहिलेकै जस्तो हल्का ज्वरो, स्वाद हराएको, जीउ कटकटि आएको लक्षण देखिएको छ । स्वास्थ्यमा सुधार हुने छाँट देखिएको छैन, भोली(बिहीबार) भेरी अस्पताल भर्ना हुन्छु ।’

    पत्रकार दाहालले कोरोना भाइरस संक्रमण विरुद्धको भ्याक्सिन कोभिशिल्डको दुबै डोज लगाइसकेकाछन् । गत वर्ष फागुनमा पहिलो डोज लगाएका उनले दोस्रो डोज यही वर्षको वैशाखमा लगाएको बताए ।

    समाचार रिर्पोटिङ्गकै क्रममा शंका लागेर यसअघि २०७७ साउन २१ गते पत्रकार दाहालले स्वाब परीक्षण गराएका थिए । साउन २३ गते आएको रिर्पोटमा दाहाल पोजेटिभ पाइएका थिए । पोजेटिभ पाइएपछि सो बेला धम्बोझी स्थित सिटी प्यालेस होटलको आइसोलेसनमा १४ दिन पुरा गरेर भदौ ५ गते १५ दिनको दिन डिस्चार्ज भएका पत्रकार दाहाललाई तीनमहिनापछि पुनः कोरोना संक्रमित भए ।

    गत वर्ष मंसिर १५ गतेदेखि ज्वोरोबाट ग्रसित पत्रकार दाहाललाई सो बेला स्वास फेर्न गाह्रो हुनुको साथै छाति दुख्ने र शरीर पुरै दुख्ने लक्षण देखिएको थियो । कोरोना भाईरसको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गराएका दाहालको मंसिर २१ गते पुनः दोस्रो पटक रिर्पोट पोजेटिभ आयो । उनी उपचारका लागि भेरी अस्पताल भर्ना भए ।

    दोस्रो पटक कोरोना रिपिट भएर उपचारका क्रममा रहँदा पत्रकार दाहाललाई रेमडिसिभर चढाइएको थियो । त्यसबेला उनलाई रेमडिसिभर चढाउन भेरी अस्पतालले सिफारिस गरेको थियो । पहिलोपटक कोरोना संक्रमणबाट निको भएपछि दाहालले प्लाज्मा दान समेत गरेका थिए । प्लाज्मा दान र कोभिड भ्याक्सिनको दुबै डोज पुरा गरेका पत्रकार दाहाललाई १३ महिनापछि पुनः तेस्रो पटक कोरोना लागेको हो ।  पत्रकार दाहाल युएस खबर नेपाल ब्युरोमा कार्यरत पत्रकार हुन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!