US Khabar
  • खजुराको १० औं गाउँसभा सम्पन्न

    - खगेन्द्र दाहाल | १ हप्ता पहिले प्रकाशित

    खजुराको १० औं गाउँसभा सम्पन्न

    नेपालगन्ज, २९ पुष खजुरा गाउँपालिकाको १० औं गाउँसभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ । सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम हालसम्म गाउँपालिकाबाट भएका कार्य सम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

    उपाध्यक्ष एकमाया विकले १० औं गाउँसभामा सभा सदस्यहरुलाइ स्वागत गर्नुका साथै प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । सभामा विधायन समितिकी संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य तथा सरसफाइ विधेयक २०७८, कृषि तथा पशुपंछी विधेयक २०७८, सुशासन (व्यवस्थापन तथा संचालन ) विधेयक २०७८, समुदायका सबै बालबालिकाहरुका लागि समावेशी विद्यालय शिक्षा नीति २०७८ छ्लफलसहित पारित भएको छ । सभामा वडा तथा पालिकास्तरका केही योजना संशोधन गरिएको छ ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!