US Khabar
  • डालसमा पहिलो ल्होसार कप हुदै

    - USkhabar | १ हप्ता पहिले प्रकाशित

    डालसमा पहिलो ल्होसार कप हुदै

    टेक्ससको डालसमा पहिलो ल्होसार कप हुने भएको छ । ल्होसारको अवसरमा तामाङ्ग सोसाइटी अफ टेक्सस र डालस तामाङ्ग फुटबल क्लबको संयुक्त आयोजनामा ल्होसार कप हुने भएको छ ।

    जनवरी २२ मा आयोजना हुन लागेको कपमा टेक्ससका १५ टिम र मिनीसोटाको १ टिमको सहभागीता रहने आयोजकले जनाएको छ । खेल मार्फत सबै समुदायलाई जोड्न महत्वपूर्ण भुमिका रहने भएकाले ल्होसार पर्बको अवसर पारेर प्रतियोगीता गरिएको आयोजकले भनाई छ । प्रतियोगितामा अन्डरडग फुटवल क्लव, युलेस रोयल फुटवल क्लव, टेक्सस फुटवल क्लव, एनडियु फुटवल क्लव, डालस गोर्खाज (सेतो), डालस गोर्खाज (रातो), केआर्एसए फुटवल क्लव, रोयल नेपाल फुटवल क्लव, डालस गोर्खाज (सेतो), डिएफडब्लु हिमालयज् फुटवल क्लव (निलो), डिएफडब्लु हिमालयज् फुटवल क्लव (सेतो), जि क्लव, मेटाहोराइजन (भैरव), डालस तामाङ्ग फुटवल क्लव (डम्फु), डालस तामाङ्ग फुटवल क्लव (टुङ्गना) र डालस तामाङ्ग फुटवल क्लव (महेन्डो) बिच उपाधीका लागी प्रतिस्पर्धा हुने राजन लामाले जनाएका छन् ।

    प्रतियोगिताका लागी टाइसीट शुक्रबार गरिने जनाइएको छ । ल्होसार कप बिजेताले च्याम्पीयनसीपको उपाधी संगै नगद ३ हजार डलर प्राप्त गर्नेछन् । उपबिजेताले १ हजार नगद सहित मेडल पाउने तामाङ्ग सोसाइटी अफ टेक्ससका अध्यक्ष सुर्य मोक्तानले जनाएका छन् । सम्पूर्ण खेल माइकल स्किनर स्पोर्टस कम्पेक्समा हुनेछ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!