US Khabar
  • सुदुरपश्चिम नेपाली समाजको पहिलो साधारणसभा हुदैँ

    - गुन्जन भण्डारी | १ हप्ता पहिले प्रकाशित

    सुदुरपश्चिम नेपाली समाजको पहिलो साधारणसभा हुदैँ

    सुदुरपश्चिम नेपाली समाजको पहिलो साधारणसभा हुने भएको छ । जनवरी २२ मा टेक्सासको अभिङ्गमा समाजको पहिलो साधारण सभा हुने भएको छ ।

    साधारण सभामा यस अगाडीका कार्यसमितीको कार्य प्रतिबेदन पेश गर्ने, नयाँ कार्ययोजना बनाउने तथा नयाँ कार्यसमितीको छनौट गर्ने जनाइएको छ । समाजले हाल नेपालको सुदरपश्चिम क्षेत्रको भाषा, संस्कृतिको संरक्षण, बिपद्को समय सहयोग जुटाउनु साथै अमेरिकाका विभिन्न राज्यमा बस्ने सुदुरपश्चिम क्षेत्रका नेपालीलाई एकत्रित गर्ने कार्य गदै आइरहेको छ । अमेरिकाको टेक्ससमा सन् २०१६ मा भक्त भण्डारीको नेतृत्वमा स्थापना भएको सुदुरपश्चिम नेपाली समाजको यो पहिलो साधारण सभा रहेको बर्तमान कार्यसमितीका अध्यक्ष प्रेम शाहीले जानकारी दिएका छन् । समाजले भाबी पिढीमा पनि सुदुर पश्चिमको भाषा, संस्कृती र चाडपर्वको जानकारी तथा निरन्तरता रहोस् भन्ने उद्धेश्यले हरेक बर्ष सुदुरपश्चिमको महानचाड गौरा पर्ब मनाउदै आएको छ ।

    समाजको आयोजनामा हरेक बर्ष होली, माघी पर्ब, देउडा नाच लगायतका सांस्कृतीक जगेर्ना गर्दै आइरहेको छ भने समाजले गत वर्ष अमेरिकाका सबै राज्यका खेलाडी सहभागी हुने गरि आयोजना गरेको भलिवल प्रतियोगीतामा २० राज्यका खेलाडीहरुको सहभागीता रहेको थियो । सुदुरपश्चिम नेपाली समाजले सुदुर पश्चिमको डडेलधुरा जिल्लामा पहिलो पटक पिसिआर मेसिनका लागी १० हजार अमेरिकी डलर सहयोग समेत गरेको थियो ।

    सधारणसभामा अमेरिकामा कृयाशिल बिभिन्न समाजिक संघसंस्थाको समेत सहभागिता रहने जनाईएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!