US Khabar
  • राष्ट्रिय सभा र स्थानीय तह निर्वाचन: निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    - Admin | १ हप्ता पहिले प्रकाशित

    राष्ट्रिय सभा र स्थानीय तह निर्वाचन: निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज बिहान ११ बजेबाट सर्वदलीय बैठक बस्ने भएको हो ।

    राष्ट्रिय सभाका १९ सदस्यका लागि आगामी माघ १२ गते हुँदै गरेको राष्ट्रिय सभा निर्वाचन र आगामी बैसाखमा हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बस्दै गरेको सर्वदलिय बैठकमा निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफल हुने आयोगले जनाएको छ ।

    राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको तयारी सुरु भै सकेको छ। मतदाता नामवली संकलनको सम्पन्न गरि बोलाईएको बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूको उपस्थिती रहने छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!