US Khabar
  • नेपालमा आज मात्रै ५ हजार ८७ जनामा कोरोना पुष्टी

    - USkhabar | १ हप्ता पहिले प्रकाशित

    नेपालमा आज मात्रै ५ हजार ८७ जनामा कोरोना पुष्टी

    नेपालमा आज मात्रै ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा गरिएको पिसिआर परिक्षणबाट ५ हजार ८७ जनामा कोराना पुष्टी भएको हो ।

    नेपालमा पछिल्लो साता दैनिक ठुलो संख्यामा संक्रमित थपिएका छन् । बिहीबार कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ५ सय ५३ रहेकोमा आज झण्डै २ हजार संक्रमित बढेर ५ हजार ८७ जनामा थप संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार अहिले देशभरि १८ हजार २ सय ३५ जना सक्रिय सङ्क्रमितको आइसोलेसनमा उपचार भैरहेको छ । भने काठमाडौं उपत्यकामा मात्रै ठुलो संख्यामा संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ७ हजार ६ सय २५, भक्तपुरमा १ हजार २ सय ५१, ललितपुरमा १ हजार ९ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!