US Khabar

‘आलु हेर्न बर्दियाको गेरुवा जाऔ’

- खगेन्द्र दाहाल | ५ महिना पहिले प्रकाशित

‘आलु हेर्न बर्दियाको गेरुवा जाऔ’

खगेन्द्र दाहाल, गुलरिया : बर्दिया गेरुवा गाउँ पालिकाका किसानहरूले आलु खेती बाटै सम्वृद्धि खोजेका छन् । अहिले गेरुवाको ४ र ५ वडा आलुमय भएको छ । खेतमा रहरलाग्दा आलुका ड्याङ छन् । आलुका बिउ उत्पादन होस् या व्यवसायीक उत्पादनका लागि आलु फस्टाएको छ । गेरुवाका किसानको आलु खेतीमा लगाव र मेहेनत देखेर एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले किसानलाई सहयोगी कार्यक्रम समेत सञ्चालन गरेको छ ।

गेरूवाको ४ र ५ नम्बर वडामा ५ हेक्टरको एकै कलस्टरमा आलु बिउ उत्पादन र करिब १०० हेक्टरमा स्थानीय थारु आलुको व्यवसायिक उत्पादन भइरहेको एकीकृत कार्यालयका प्रमुख विनोद घिमिरेले जानकारी दिए । गेरूवा गाउँ पालिकामा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले बिउ आलु मिसन, स्थानीय आलु प्रवर्द्धन कार्यक्रम र आलु ब्लग विकास कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले गेरुवामा आलुको जातिय प्रदर्शन समेत गरेको छ ।

आलुको विकासका लागि आलुको उत्पादन हुने स्थानमा जातिय प्रदर्शनी गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए । कार्यालयले स्थानिय आलुको प्याकेजिङ्ग, मार्केटिङ्गको लागि पनि सहयोगी भूमिका खेल्दै आएको छ । जसले गर्दा आलुको बजारीकरणमा सहयोग मिलेको स्थानीय किसानहरू बताउँछन् ।

गेरूवा गाउँ पालिकाको कृषि शाखाको समन्यवमा सञ्चालन गरिएको आलु विकासका कार्यक्रमको उपलब्धि राम्रो हुने अपेक्षा गरिएको एकीकृत कार्यालयले जनाएको छ । गेरुवा गाउँ पालिकामा मात्रै संचालित कार्यक्रमले गर्दा १२० बढी घरपरिवार लाभान्वित भएको कृषि शाखाले जनाएको छ । आलु खेती राम्रै फस्टाएकाले उत्पादन पनि राम्रै हुने अपेक्षा गरिएको छ । गेरुवा गाउँ पालिका वडा नम्बर ४ गोविन्दपुरका स्थानीय किसान जुग राम थारुले स्थानिय आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत श्री कृषि सन्देश कृषक समुहमा आवद्ध १९ घरधुरी मार्फत १० हेक्टर क्षेत्रफलमा बर्दियाको प्रख्यात थारु आलुको खेती गरेका छन् ।

गत वर्ष एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको सहयोगमा आलुको ब्रान्डिङ् गरेर बजारमा लैजादा मूल्य पनि राम्रो पाएको थियो । गत वर्ष ४० रुपैया प्रति केजीमा बिक्रि भएको थियो । यस वर्ष पनि स्थानीय ‘ थारु ‘ आलुको माग अत्याधिक रहेकाले उत्पादन भएका आलु सहजै खपत हुनेमा विश्वास गरिएको छ ।

गेरुवा गाउँ पालिकामा सञ्चालन भएका आलुका कार्यक्रम भएको स्थान बाट मात्रै २ हजार मेक्ट्रीकटन स्थानिय आलु उत्पादन र बजारीकरण हुने अपेक्षा गरिएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!