नेपालको पूर्वि जिल्ला झापाको सिमाना जोडिएको भारतको जलपाइगुढी जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । भारतको पश्चिम बङ्गाल जिल्लाको मयनागुरीको डोमहनी नजिक भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको हो ।
बिहीबार साँझ ५ बजे भएको दुर्घटनामा कयौं घाईते भएका छन् । बिकानेर–गुवाहाटी एक्सप्रेसको रेल गुडिरहेको रेलको डब्बा (बोगी) लिकबाट बाहिर खसेपछि दुर्घटना भएको थियो ।
१२ वटा बोगी भएको रेल लिकभन्दा बाहिर खसेपछि भएको दुर्घटनामा चार–पाँच बोगी पूर्णरुपमा क्षति भएको छ । राजस्थानबाट गुवाहुटी गइरहेको सो रेलमा ८ सय ७२ जना सवार थिए । दुर्घटनामा घाईते भएकाहरुलाई म्यानागुरी जलपाइगुढी अस्पतालमा लगायतमा भर्ना गरिएको छ ।
गम्भिर घाईतेको संख्या धेरै भएकाले अझै मृतकको संख्या बढ्ने अनुमान गरिएको यस घटनामा ज्यान गुमाउनेहरुको परिवारलाई भारत सरकारले ५ लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेलाई १ लाख र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा भएको छ ।
प्रतिक्रिया