US Khabar
  • नेजाको निर्णय: सल्लाहकारहरु मनोनयन, सदस्यता देखी पत्रकारीता पुरस्कार सम्म

    - USkhabar | १ हप्ता पहिले प्रकाशित

    नेजाको निर्णय:  सल्लाहकारहरु मनोनयन, सदस्यता देखी पत्रकारीता पुरस्कार सम्म

    नेपाल अमेरिका पत्रकार संघ नेजा कार्यसमितीको छैटौंं बैठक सम्पन्न भएको छ । नेजाको जनवरी ९ मा बसेको कार्यसमिती बैठकले बिभिन्न बिषयमा निर्णय गरेको छ ।
    नेजा अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा नेजाको रिक्त कार्यसमिती सदस्य पदमा मनोनयन, बिधान संशोधन उपसमिती गठन, सदस्यता निवेदन उपर छानविन तथा सदस्यताका लागि सिफरिस समिती गठन, नेजा डिजिटल डाईरेक्ट्री तथा आईडी कार्ड निर्माण तथा प्रकाशन उपसमिति गठन, नेजा सामुदायिक पत्रकारिता पुरस्कार, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका र नेजाबिच पत्रकारिता पुरस्कार निर्माणमा सहकार्य गर्ने र क्षेत्रगत रुपमा कार्यक्रम आयोजना गर्ने लगायतका बिषयमा निर्णय गरेको छ ।

    नेजाले बिधानको धारा ५ उपधारा ५.१ अनुसार हाल रिक्त रहेको साधारण सदस्य पदमा लोकमणी राइलाई नियुक्त गरेको छ । संघका संस्थापक अध्यक्ष गीरिश पोखरेलको संयोजकत्वमा बिधान उप–समिती गठन गर्ने निर्णय गरेकोे छ । बढिमा ७ सदस्य रहने उप–समितीमा संयोजक पोखरेलको परामर्शमा कार्यसमितीले अन्य सदस्य मनोनयन गर्ने निर्णय भएको छ । संघको बिधान संसोधन आवश्यक भए साधारण सदस्यमाझ प्रस्थाव लैजानका लागि कार्यसमितीलाई सिफारिस गर्ने जिम्मेवारी समेत दिइएको छ । संस्थाका साधारण सदस्य अग्नी चौलागाईंको संयोजकत्वमा कोषाध्यक्ष प्रभात भट्टराई आमन्त्रित सदस्य र ५ क्षेत्रका क्षेत्रीय संयोजक सदस्य रहने गरी सदस्यता निवेदन उपर छानविन तथा सदस्यताका लागि सिफारिस उप–समिती समेत गठन गरेको छ ।

    त्यस्तै कार्यसमिति सदस्य बाबुराम दाहालको संयोजकत्वमा नेजा डिजिटल डाईरेक्ट्री तथा आईडी कार्ड निर्माण तथा प्रकाशन उपसमिति गठन भएको छ । नेजा सामुदायिक पत्रकारिता पुरस्कार स्थापनाको समयमा सहकार्य गरेको आमा फाउण्डेशनसंग छलफल तथा सम्बन्धित अन्य कामहरुको जिम्मेवारी सचिवालयलाई दिने निर्णय नेजाले गरेको छ । जसमा उल्लेख भए अनुसार नेजासंग सहकार्य गर्न चाहने व्यक्ती, संघसंस्था तथा फाउण्डेशनसंग छलफल गरी अघि बढाउने र त्यसका सम्बन्धमा संस्थालाई जानकारी दिने काम सचिवालयले गर्ने छ भने गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका र नेजाबिच पत्रकारिता पुरस्कार निर्माणमा सहकार्य गर्ने प्रस्ताव पनि पारीत भएको छ ।

    नेजाका क्षेत्रगत रुपमा हुने कार्यक्रमको आयोजना गर्न क्षेत्रिय संयोजकहरुले कार्यक्रम तयार पारी सचिवालयलाई जानकारी गराई कार्यक्रमहरु संचालन गर्ने समेतको निर्णय पनि बैठकले गरेको छ ।

    यसै गरि , क्यालिफोर्नियाबाट रबि अधिकारी , न्युयोर्कबाट राजेश कोइराला , भर्जिनियाबाट गिरिश पोख्रेल , टेक्सासबाट संजय घिमिरेहरुलाइ नेजाको कार्यसमितिको गत साताको बैठकले सल्लाहकार मनोनयन गरे पनि सो कुरा नेजाले बाहिर ल्याएको छैन।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!