कोरोना महामारीको संक्रमण बढ्दै गएपछि प्रदेस न १ सामाजिक विकास मन्त्रालयले विराटनगरमा कार्यरत पत्रकारहरुको स्वाव संकलन गरेको छ । लकडाउनका समयमा समेत सुचना प्रवाह गर्दै आएका बिराटनगरका १६ जना पत्रकारको शनिबार मन्त्रालयले स्वाव संकलन गरेको हो ।
नेपाल पत्रकार महासंघ मोरङ साखाको सहकार्यमा भएको सो स्वाव संकलना अन्तरगत पहिलो चरणमा अग्रभागमा रहेर काम गर्ने टेलिभिजन तथा फोटो पत्रकारहरु रहेका छन् ।
पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धुु पोखरेलका अनुसार शनिबा परिक्षण गरिएका पत्रकारहरुको वाब परीक्षणको रिर्पोट आएपछि बाँकी पत्रकारको स्वाब परीक्षण गरिने छ ।
प्रतिक्रिया