US Khabar
  • कोरोना पिडितका लागि राहत टक्र्याउने टेक गुरुङ || यूएस संवाद ||

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    कोरोना पिडितका लागि राहत टक्र्याउने टेक गुरुङ  || यूएस संवाद ||

    अमेरिकामा रहेका नेपालीहरुको हक हितका लागि संवद्ध सामाजिक संस्था प्रवासी नेपाली एकता मञ्च नेपाली समुदाय केन्द्रित बिभिन्न समाजिक गतिविधीका लागि स्थापित संस्था हो । हाल कोभिड १९ नियन्त्रण , सुरक्षाशैली, राहत वितरणमा सक्रिय यो संस्था गत बर्ष अर्थात सन् २०१९ मार्च २५ मा जन प्रगतीशिल मञ्च र प्रवासी नेपाली मञ्चको एकतापछि प्रवासी नेपाली एकता मञ्चका रुपमा स्थापित संस्था हो । जसको जनवरी १९ तारिखमा बसेको प्रवासी नेपाली प्राईमरी कमिटीको निणर्यले तदर्ष समिती संयोजकको जिम्मेबारी टेक गुरुङलाई दिएको छ ।

    गण्डकी प्रदेशको माछापुच्द्रे गाउँपालीका वडा नं ३ घाच्चोक स्थायी घर भै बिगत २२ बर्षदेखी अमेरिका रहँदै आएका गुरुङ अमेरिका आएको सुरुवाती दिनदेखी नै यहाँ रहेका सामाजिक संघ संस्थामा सक्रिय अभियन्ता हुन् । सन् २००१ बाट सक्रिय रुपमा अमेरिकाबाट सामाजिक काममा अघि बढेका उनि युएनडीएफ, गुरुङ सोसाईटी अफ युएसए, प्रवासी नेपाली मञ्च हुँदै हालको प्रवासी नेपाली एकता मञ्च सम्म आईपुग्दा उनले अमेरिकामा रहेका नेपालीहरुको अवस्थासंग नजिकबाट साक्षात्कार गर्ने मौका पनि पाए । यो बिचमा पूर्व एमालेले अमेरिकामा बनाएको अद्धितिय संगठनमा समेत राष्ट्रिय परिषद् सदस्य भएर एक कार्यकाल काम गरेका गुरुङ स्वास्थ्य क्षेत्र संग आवद्ध ब्यक्ती हुन् ।
    हाल अमेरिकाको न्यूयोर्कमा रहँदै आएका गुरुङ विश्वव्यापी माहामारी कोभिड १९ को चरम जोखिममा रहेको क्षेत्रमा रहेकाले पनि यो पटकको यूएस संवादमा हामीले अमेरिका र न्यूयोर्क क्षेत्रमा रहेका नेपालीहरुको अवस्था, त्यहाँका सामाजिक संघ संस्थाले पुर्याउँदै आएको सेवा सुविधा र नेपाल अमेरिकाको कोरोना कहरको तुलानात्मक स्थिती लगायतका बारेमा संयोजक गुरुङसंग यूएसखबरकर्मी किशन रेग्मीले गरेको कुराकानीलाई प्रस्तुत गरेका छौं ।

    अमेरिका कहिले आउनु भयो ?
    म अमेरिका आएको धेरै भयो । सन् १९९८ मा आएको हुँ फर्किएर हेर्दा जीवनमा झण्डै २२ बसन्त अमेरिकामा बितेछन् ।

     

    अमेरिकामा तपाँईको सामाजिक सेवा यात्रा कसरी सुरु भयो ?
    सानैबाट समाजका लागि आफुले केही गर्नुपर्छ भन्ने लाग्दथ्यो यो भाव युवा अवस्थासंगै बढ्दै गयो । पछि अमेरिका आएँ । अमेरिका आएपछि पनि यहाँको समुदाय लक्षित कुनै राम्रो काम गर्न मन थियो । यहि शिलशिलामा सन् २००१ म म युएनडीएफ भन्ने अर्गनाईजेसनमा आवद्ध रहेर यो यात्राको सुरुवात गरें । पछि युएनडीएफलाई प्रवासी नेपाली मञ्च नाम दिएर सामाजिक कार्यमा सक्रिय रहें जो अहिले सन् २०१९ मार्च २५ मा जन प्रगतीशिल मञ्च र प्रवासी नेपाली मञ्चको एकतापछि प्रवासी नेपाली एकता मञ्चका रुपमा स्थापित भएको छ । जसको म तदर्ष समिती संयोजक छु ।
    यस देखी बाहेक अमेरिकामा रहेका गुरुङ समुदायको सामाजिक संस्था गुरुङ सोसाईटी अफ युएसए भन्ने थियो त्यसमा पनि सक्रिय भएर काम गरें । यो अवधीमा पूर्व एमालेले अद्धितिय संगठन बनाएको थियो अमेरिकामा, त्यसमा पनि म त्यसमा राष्ट्रिय परिषद् सदस्य भएर एक कार्यकाल काम पनि गरें ।
    यसरी हेर्दा मेरो संस्थागत आवद्धता उति धेरै नहोला, धेरै संस्थामा आवद्ध रहनु खाष कुरा हो जस्तो पनि लागेन, मुख्य कुरा त आफु आवद्ध संस्थाको उदेश्यप्रति कति जिम्मेवार हुन सकें भन्ने नै हो मेरो बुझाईमा ।

     

    प्रवासी नेपाली एकता मञ्चको जन्म र तदर्ष समिती संयोजक छनौटको बिषयमा केहि  बताइदिनुस न ?
    संस्थाहरु धेरै हुनु भन्दा हाम्रा उदेश्यका आधारमा एक भएर जाँदा यो एकताले नेपाली समुदायका लागि अझै प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने हाम्रो धारणाकै कारण प्रगतीशिल मञ्च र प्रवासी नेपाली मञ्चलाई कानुन संवद्ध ढंगले एकता भएर प्रवासी नेपाली एकता मञ्चको जन्म भएको हो । जसलाई २०१९ मा मार्च २५ मा दर्ता गरिएपछि यो संस्था सक्रिय रुपमा अघि बढिरहेको छ । दुई संस्थाहरु संगै गाभिएको प्रति केही साथिहरु असन्तुष्ट देखिनुभयो र बाहिरिनु पनि भयो । यद्यपी हाम्रो उदेश्य ब्यक्तीगत फाईदा भन्दा पनि धेरै संस्था भन्दा पनि नेपाली समुदायका समस्या र उदेश्यमा साथ दिन सक्ने बलियो संस्था निर्माण गर्नु थियो यो सकारात्मक कुरा नै हो मेरो बुझाईमा ।
    त्यसपछि जनवरी १९ तारिखमा प्रवासी नेपाली प्राईमरी कमिटीले मलाई तदर्ष समिती संयोजकमा चयन गर्यो । संस्थाको सम्मेलन बाँकी नै रहेकाले मैले पाएको यो पद आफैंमा ठुलो जिम्मेवारी हो भन्ने महशुष गरेको छु । कमिटीले सम्मेलन र विदेशी ढंगबाट संयोजन गर्नका लागि मलाई संयोजककको जिम्मेबारी दिएको हो । यस हिसावले मैले पाएको यो जिम्मेबारी मेरा लागि चुनौती पनि हो जसलाई मैले सहि ढंगले संस्थाको उदेश्य, चाहना साथै संस्था र यहाँ रहेका नेपालीहरुको म प्रतिको विश्वासलाई सहि र पारदर्शी रुपमा प्रस्तुत गर्नुछ ।

     

    कोभिड १९ को चरम जोखिममा रहेको न्युयोर्कमा नेपालीको अवस्था कस्तो छ ?
    न्युयोर्कको सुरुको दिनमा हामी एकदमै हतास मनस्थितीमा थियौं । यहाँको लोकल सरकार र क्षेत्रीय सरकारले पनि यो रोगले यति साह्रै ठुलो रुप लिन्छ होला भन्ने सोचेको थिएन । तर अकल्पनीय रुपमा न्यूयोर्कले ठुलो मानविय क्षती बेहोर्नुपर्यो कोभिड १९ संक्रमणबाट ।
    सुरुमा हामीलाई कोरोना नै हो भन्ने एकीन भएको थिएन । यद्यपी थुप्रै मान्छेहरुको टाउको दुख्ने ज्वरो आउने भएपछि सम्भव भएसम्म थर्मामिटर बाढ्ने काम भै रहेको थियो । म आफु फार्मेसी संवद्ध भएकाले सानानहरु सटेज हुन थालेपछि नै आफुले ब्यक्तीगत हिसावले मार्चको पहिलो साता नै केही सामानहरु क्लेक्सन गरिरहेको थिएँ ।
    सुरुमा यसलाई सामान्य नै लिइएको थियो जसकारण सुरक्षा सावधानी नअपनाउँदा धेरैमा संक्रमण फैलिएको रहेछ ।तर पछि मार्चको १ तारिक अफिसियल्ली एकजना लयरलाई कोरोना पोजेटिभ पुष्टी भएपछिसंन्त्रासको बाताबरण सृजना भयो ।
    न्युयोर्कको पनि कोरोना ईपिसेन्टर भनेको क्वईन्स ज्याक्सन हाईट हो । जहाँ धेरै नेपालीहरु बस्नुहुन्छ । नेपाली कमिटीमा बिषेश गरेर मार्चको दोस्रो साताबाट थुप्रै मान्छेमा कोरोना संक्रमण देखियो र मार्चको अन्तिम साता हाम्रो एकजना नेपालीको मृत्यु भयो । त्यसपछि यहाँको अवस्था एकदमै भयभित भयो ।
    यहाँका अस्पतालहरु सबै फुल भै हुन थाले, बिरामी राख्ने ठाउँसम्म नभएका समाचारहरुको संप्रेषणसंगै मानसिक रुपमा नेपालीहरुमा एक प्रकारको आतंक नै फैलिए जस्तो भयो । नेपाली कमिटीहरु सामान्यतया अपार्डमेन्ट विल्डीङमा बस्ने चलन छ । संक्रमित ब्यक्ती कोरोना पोजेटिभ देखिएपछि पनि अस्पतालले घर फर्काईदिने भएकाले सियर गरेर परिवार र विल्डीङका मान्छेलाई सर्ने गरेको देखियो ।
    भित्रभित्रै नेपालीको अवस्था एकदमै नाजुक हुनथाल्यो । तर जव यो कुरालाई हामी न्युयोर्कमा रहेका नेपाली संघ संस्था जनजाती माहासंघ, एनआरएनए, प्रवासी नेपाली एकता मञ्च लगायतले कोरोना बिरुद्ध सबै एकजुट भएर कसरी नेपालीलाई सहजता सृजना गर्ने र यो रोगसंग कसरी लड्ने भन्ने एउटा संजाल तयार गरेउँ । त्यपछि नेपालीको हकमा धेरै सहज भयो । त्यो संजाल मार्फत जुन सुकै ठाउँबाट सुचना संकलन गर्ने र आफुसंग भएको रिसोर्सलाई परिचालन गर्ने निर्णय संगै ग्रोसरी, औषधी लगाएतका अत्यावशेक कुराको अभाव हुन दिएनौं ।

    हामीले ११\१२ जना नेपाली गुमाएपनि हाल चाहिँँ यहाँको स्थानिय सरकारले पनि राम्रो हाम्रा लागि काम गर्यो । कोरोना लागिसकेपछि जसको घरमा छुट्टै बस्ने ब्यवस्था छैन उसका लागि होटल दियो र बिषेश हेरचाह र औषधी उपलब्ध गरायो । यसका लागि हामीले लिखित रुपमा माग पनि राखेका थियौ जस अनुरुप नेपालीहरुको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव देखिदै गयो ।
    अहिले धेरै नेपाली निको भएर आएकाले बिस्तारै मान्छेहरुको एक प्रकारका आत्मबल बढ्दै गएको छ, स्थीती पूर्ण रुपमा राम्रो भएको त छैन तर पनि सहि ढंगले खाना खाने, डाक्टरको परामर्ष लिने, भिटामिनहरु खाने आत्मबल बढाउने जस्ता कुरा विश्वभर प्रवाह भै रहेकाले पनि नेपालीले पनि त्यसलाई आत्मसाथ गरेकाले कोरोना त्रासदीबाट मानसिक र संक्रमण दुबै दृष्टीले पहिले भन्दा अहिले धेरै राम्रो छ ।

     

    यो अवस्थामा प्रवासी नेपाली एकता मञ्चको भूमिका ब्यक्तीगत र संस्थागत रुपमा कस्तो छ ?
    मैले माथी पनि भनेको छु जनवरी १ तारिकमा नै थर्ममिटर र औषधीहरुको सटेज हुन लागिसकेको थियो । म आफु ब्यक्तीगत रुपमा फार्मेसीमा काम गर्ने भएकाले मैले ब्यक्तीगत रुपमा आफुले सक्ने सहयोग गर्दै आईरहेको छु । संस्थागत रुपमा पनि हामीले केन्द्रिय कमिटी बैठक मार्चको पहिलो साता बसेर यो महामारीबाट जोगिन एउटा बिषेश कमिटी गठन गरेउँ , सो कमिटीले आर्थिक संकलन अभियान सुरु गर्यो जसको संयोजक हाल टेक्ससमा रहनु हुने भिम कार्की हुनुहुन्छ ।
    त्यस कमिटीले संक्रमितहरुलाई औषधी पुर्याउने, समस्यामा परेका नेपालीका घर घरमा ग्रोसरी सामानहरु पुर्याउने जस्ता कामहरुलाई प्रभाकारी ढंगले निर्वाह गर्दै आएको छ । यस अभियानमा न्युयोर्कभन्दा बाहिरका साथीहरुले पनि सहयोग गरिदिँदा धेरै सजिलो भयो । हाल पनि हामीले भिनिन्न स्टेटहरुमा रहेका बिद्यार्थीहरुको हकमा ग्रोसरी उपलब्ध गर्न सफल भै रहेका छौं बिभिन्न संघसंस्थाहरुसंग मिलेर । प्रवासी नेपाली एकता मंच एक्लैले पनि यहाँका बिभिन्न लोकल संघ संस्थासंग मिलेर बिभिन्न स्टेटहरुमा रहेका यहाँका बिद्यार्थीहरुलाई ग्रोसरीका लागि सहयोग गरेका छा भलैैं यो सानो सहयोग भएपनि यस प्रकारको सहयोगले उनिहरुमा हामी एक्लै छैनौ, हाम्रो लागि सोच्ने नेपाली संघ संस्था पनि छन् भनेर मानसिक रुपमा आत्मबल बढ्ने देखिन्छ ।

    नेपालमा यस माहामारीको प्रभाव र सरकारको भुमिकालाई कसरी हेरि रहनु भएको छ ?
    नेपालमा जारी लकडाउनलाई हेर्दा र हालसम्म केही नेपालीको मृत्यु भनएकाले सरकारको पहललाई सकारात्मक रुपमा हेर्नु पर्छ । तर समग्र राजनितीक चहलपहलाई हेर्दा सरकारको ध्यान जनताको अवस्थाप्रति कम गएको हो कि भन्ने देखिन्छ । अहिलेको बर्तमान अवस्था र कोरोना पछाडी हुने आर्थिक क्राईसेसका बारेमा सरकार र नेपालमा भएका राजनितीक पार्टीले गम्भिरताका साथ नलिएको होकी भन्ने आभाष पनि हुन्छ । किनभने कोरोना संक्रमण सुरु भएसंगै अमेरिकाका लोकल लेभलका सरकारहरु मिलेर कोरोना कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी जनताको रोग र भोकको समस्या निराकरण गर्न सकिन्छ भन्नेमा लागेका छन् । तर नेपालको राजनितीक अवस्थालाई हेर्दा यस्तो बिषम परिस्थितीमा प्रधानमन्त्री फेर्ने कि राख्ने, भष्टचारका कुरा, राजनितीककर्मी बिचमै आपसमा कलह जस्ता कुरा देख्दा जनताप्रति सरहकार गम्भिर हुन नसकेको र यस्तो विपतको अवस्थामा कोरोना नियन्त्रणमा भन्दा अरुनै कुरामा केन्द्रित भएको देखिन्छ । डाटाबेसमा हेर्ने हो भने विश्वको तुलनामा नेपालमा अत्यन्त न्युन संक्रमित छन् यसमा जनता र सरकार दुवैले धेरै राम्रोसंग काम गरिरहेको देखिन्छ ।

     

    तपाँईको बिचारमा यो अवस्थामा नेपाल सरकार र जनता कसरी अगाडी बढ्नुपर्ला ?

    मलाइ लाग्छ सरकारले जनतालाई के महशुष गराउनु पर्छ भने तपाँईहरुलाई कुनै पनि दुख पर्दा हामी छौं, आत्तिनु पर्दैन, कुनै पनि समस्या पर्यो भने सरकार छ है भन्ने कुरा महशुष गराउनु पर्यो । किनभने यो रोगले मानिसहरुमा मानसिक रुपमा आत्मबल घटेको देखिन्छ । स्थानिय सरकार देखी माथिल्लो सरकारसम्मले जनतालाई त्यस प्रकारको मनोबल दिनुपर्छ । त्यसका लागि बढि भन्दा बढि जनताको भावनाका बारेमा छलफल गर्नुपर्यो, जनताका समस्या आवश्यकता र चाहना के छ यसलाइ गम्भिरताका साथ लिनुपर्यो, बिभिन्न सरकारी निकायहरुलाई जनताको बिचमा लिएर जानुपर्यो र अर्को कुरा कोरोना टेस्टीङ सिस्टमलाई जतिसक्यो चाँडो सहज तरिकाले उपलब्ध गराउनु पर्यो जस कारण धेरै भन्दा धेरै संक्रमितको स्पस्ट डाटा आउँछ र रोगको अवस्था कहाँ नेर कस्तो छ, कुन ठाउँ बढि प्रभावित हुँदै छ भन्ने थाहा हुन सक्छ । त्यो थाहा भएपछि उपचार गर्न र सुरक्षित रहन सजिलो हुन्छ । त्यहि अनुसार सुरक्षा अपनायो भने यसको नियन्त्रण हुन्छ ।
    त्यस्तै डब्लुएचओको तथ्याङक हेर्ने हो भने पनि फ्रन्ड रो मा काम गर्नेहरु एकदम कम कोरोना संक्रमित छन् । उनिहरु बारक्बार हात धुने, माक्स, गभ्सहरु प्रयोग गर्ने गरेकाले सुरक्षित छन् जवकी उनिहरु बिरामीसंग प्रत्यक्ष सरोकार राख्दछन् तर उनिहरुले सुरक्षित शैली अपनाएकाले पनि जम्मा ११ प्रतिशत मात्र संक्रमित छन् बाँकी घरमा बस्नेहरु धेरै छन् यसो हुनुमा आफैमा स्वास्थ्यप्रति सचेत नहुनु र हेलचक्रयाईं गरिनु पनि हो भन्ने स्पष्ट देखिन्छ ।

    अर्को कुरा राहत बितरण गर्दा पनि सरकारका अनेक झण्झटीला प्रावधान छन् जसबाट हामीले सजिलै राहत पाएनौं भन्ने गुनासो आएको छ । उदाहरणमा वडा कार्यलयबाट नै राहत बाढ्ने निर्णय पनि एउटा हो जसले गर्दा त्यसो गर्दा सबैले राहत पाउँदैनन् । उसमाथी डेरामा बस्नेहरुका हकमा वडाले बाढ्ने राहतका लागि घरबेटीको परिचय पत्र चाहिने र धेरैजसो घरबेटीले आफ्नो परिचयपत्र नै दिन नमान्दा डेरावाल भोकै पर्ने गरेका समेत छन् ।
    यो अवस्थामा सहयोग गर्नेहरुले सिधै गएर राहत बितरण गर्न सक्ने बातावरण भयो भने स्स्फुर्त सहयोग गर्नेहरु बढ्न सक्छन् कोही भोकै बस्नुपर्दैन । यसरी जान सके नेपालमा यो अवस्थामा कोरोना संक्रमण र जनताका समस्या दुवै न्युन र नियन्त्रण हुँदै जाने देखिन्छ ।

     

    अन्त्यमा यो अवस्थालाई लिएर के भन्न चाहनुहुन्छ ?

    धन्याद तपाँई र सम्पुर्ण युएस खबर परिवारलाई मेरो ब्यक्तीगत र प्रवासी नेपाली एकता मञ्चको तर्फबाट । सबैभन्दा ठुलो कुरा आत्मबल दह्रो बनाउनु हुन र डब्लुएचओले दिएको निर्देशनलाई यो हाम्रो लागि हो भन्ने सोचेर पालन गर्न सम्पुर्ण नेपालीहरुलाई अनुरोध गर्दछु जसले गर्दा हामीले कोरोनालाई जित्न सक्दछौ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">