US Khabar
  • गौरी जोशीको संयोजनमा सुदुरपश्चिममा ब्लड बैँक बस

    - USkhabar | ४ महिना पहिले प्रकाशित

    गौरी जोशीको संयोजनमा सुदुरपश्चिममा ब्लड बैँक बस

    गैर आवासीय नेपाली संघका सचिव गौरी जोशी संयोजनमा संचालित दोस्रो मोबाइल ब्लड बैंक बस परियोजना मार्फत कैलाली रेडक्रसलाई मोबाइल ब्लड बैँक हस्तान्तण गरिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको एक टोलिले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रस सोसाइटीका अध्यक्ष उत्तम जोशीलाई सोमवार आयोजित एक कार्यक्रममा ब्लड बैंक बस हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा अध्यक्ष पन्तसहित पुर्व अध्यक्ष जिवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डिबि क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओली लगायतको उपस्थिती रहेको थियो । गैर आवासीय नेपाली संघका सचिव तथा दोस्रो मोबाइल ब्लड बैंक बस परियोजनाका संयोजक गौरी राज जोशीले विदेशमा रहेका नेपालीको एकताले गर्दा संघले देशमा विभिन्न परोपकारी काम गर्न सफल भएको र यो दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजना उत्कृष्ठ उदाहरण साबित भएको बताएका छन् । हरेक प्रदेशलाई ब्लड बैंक बस हस्तान्तरण गर्ने योजना अन्तर्गत संघले संचालनमा ल्याएको ‘मोबाइल ब्लड बैंक बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सहसंयोजक रहेका छन ।


    धनगढी सुदूरपश्चिम प्रदेशको मेडिकल हबको रुपमा विकसित हुँदै गएको अवस्थामा यहाँका अस्पतालहरुले सुलभ तरिकाले रगत उपलब्ध गराउन निकै चुनौती झेलिरहेकाले परियोजना सञ्चालन गरिएको उहाँले बताउनु भयो । रगत कै कारण कसैले मृत्युवरण गर्न नपरोस् भनेर हामीले दोस्रो परियोजना धनगढीमै सञ्चालन गरेका हौ’ जोशीले बताए । जोशीले यस पबित्र कार्यमा सहभागी र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा पनि सबैबाट सहयोग र सहकार्य अपेक्षा गरेको बताएका छन् । विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बसको कुल लागत ६० लाख रहेको संघले जनाएको  छ ।

    परियोजनाका लागि सुदुर पश्चिमेली समाज अन्तर्राष्ट्रिय समिती, सुदुर पश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया , कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदुर पश्चिम समाजहरु अमेरिका, टेक्सस अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिती युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसिसियसन, ह्य्मानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लव अफ न्युयोर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिती लगायतले सहयोग गरेका थिए ।

    आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको छ । एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखीएको परियोजना संयोजना संयोजक गौरी जोशीले बताएको छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!