ओमिक्रोन निकै बढेको छ | यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ | सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीब्र भएपनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ | यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ | रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला | जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन | परिक्षण गरेपछि रिपोर्ट अनुसार उपचार हुन्छ |
ओमिक्रोन घाँटीमा रहने, त्यहिं रेप्लिकेसन हुने तथा त्यहिं नष्ट हुने प्रजाति हो | न्यून रुपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ | लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ | संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो |
सरकारसंग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडावडामा निशुल्क पिसिआर टेस्ट हुन्थ्यो | निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो | यति ठूलो संख्यामा संक्रमण बढ्दा पनि निजी प्रयोगशालालाई पोस्ने काम किन भइरहेको छ ? सरकारीमा निशुल्क, वडा वडामा निशुल्क अनि निजीमा ५-६ सयमा पिसिआर टेस्ट गर्ने काम आजैदेखि होस् | संबिधानप्रदत्त अधिकार कुण्ठित हुने काम नहोस् | संचारमाध्यमले डरको खेतीपाती नगरेर ओमिक्रोन कमजोर प्रजाति भएको तथा यसको असर सामान्य भएको तथ्य जनतासामु उजागर गरुन् |
अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ | अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलाबट ठूलो समुदायमा हुनसक्दछ | यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ | सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् | ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ |
१. कडा रुघा वा जीउ दुख्ने / जाडो हुने भएमा तत्काल पिसिआर टेस्ट गर्ने | रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो |
२. पिसिआर पोजिटिभ देखिएमा डर नमान्ने / पटक्कै नआत्तिने | खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ |
३. बिभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार प्रभावकारी छ | बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागतीपानी पकाएर पटकपटक सेवन गर्ने | मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने |
४. पोषिलो तथा बिबिध प्रकारका खाना खाने | जंक फुड नखाने | चिसो बाहेक अन्य खाना बार्नु पर्दैन |
५. इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि ( रोगप्रतिरोधात्मक क्षमता बढाउने ) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाहमा सेवन गर्ने |
६. ज्वरो आएमा / टाउको दुखेमा / शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट / कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने | घांटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने |
७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने |
८. अक्सिमिटरले अक्सिजन नापिरहने |
९. घांटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने |
१०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने |
प्रतिक्रिया