US Khabar

उत्तरी क्यारोलिनामा समुद्री सेना बोकेको सैन्य ट्रक दुर्घटना: २ जनाको मृत्यु – १७ घाईते

- Admin | १ वर्ष पहिले प्रकाशित

उत्तरी क्यारोलिनामा समुद्री सेना बोकेको सैन्य ट्रक दुर्घटना: २ जनाको मृत्यु – १७ घाईते

अमेरिकाको उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रोलओभर दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । ज्याक्सनभिल शहरको मरीन कोप्र्स बेस क्याम्प नजिकै भएको सो दुर्घटनामा दुई अमेरिकी मरीनको मृत्यु हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा १७ जना घाईते भएका छन् जसमध्य गम्भिर घाईतेहरुलाई हेलिकप्टर मार्फत साउथ क्यारोलिनाको ग्रीनभिल शहरको विडान्ट मेडिकल सेन्टरमा लगिएको र अन्यलाई एम्बुलेन्स मार्फत लगिएको बताईएको छ ।

समुद्री सेना बोकेको ७ टन वजनको सो सैन्य ट्रक अनियन्त्रियत भै दुर्घटना भएको थियो । १९ वर्षीय चालकले चलाएको सो रोलओभर चालकले राजमार्गमा घुम्न खोज्दा नियन्त्रण बाहिर गएको थियो ।

चालकको लापरवाहीका कारण दुर्घटना भएको आरोपमा पिडित पक्षले कारबाहीको सिफारिस गरेको छ । एजेन्सी

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!