US Khabar
  • अब नेपाली बिद्यार्थीले अस्ट्रेलियामा हप्ताको २० घण्टा बढि काम गर्न पाउने – नियम हिजोबाट लागु

    - Admin | ४ महिना पहिले प्रकाशित

    अब नेपाली बिद्यार्थीले अस्ट्रेलियामा हप्ताको २० घण्टा बढि काम गर्न पाउने  –  नियम हिजोबाट लागु

    अस्ट्रेलिया सरकारले हिजोबाट नेपाली बिद्यार्थीका लागि हप्ताको २० घण्टा बढि काम गर्न पाउने निर्णय सार्वजनिक गरेको छ । कोभिड पेण्डामिकका कारण कामदारको अभाव भएको अस्ट्रेलियाले हिजोबाट लागु हुनेगरी हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने व्यवस्था गरेको हो ।

    नेपाली बिद्यार्थीका हकमा लागु गरिएको यस व्यवस्थासंगै आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरूले भिसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने भएका छन् । काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासले यस बारेमा हिजै आफ्नो अफिसियल फेसबुक मार्फत पनि यस बिषयमा जानकारी दिएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!