US Khabar
  • युक्रेनको पक्षमा बोल्दै रुसलाई अमेरिकी राष्ट्रपति बाइडेनको धम्कीपूर्ण चेतावनी

    - Admin | ४ महिना पहिले प्रकाशित

    युक्रेनको पक्षमा बोल्दै रुसलाई अमेरिकी राष्ट्रपति बाइडेनको धम्कीपूर्ण चेतावनी

    अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको बिषयमा रुसलाई चेतावनी दिएका छन् । राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरेको खण्डमा यो कदम रुसको लागि विनाशकारी सावित हुने भन्दै चेतावनी दिएका हुन् ।

    राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा बोल्दै वाईडेनले युक्रेनमा कुनै पनि प्रकारको आक्रमण भए यसको जवाफदेही रुस हुने भन्दै चेतावनी दिएका छन् ।

    उनले भने ‘रुसले युक्रेनमा थप गतिविधि गरेमा कडा प्रतिबन्ध लगाइने मैले गरेको बाचा अनुरुप आज सम्मकै अकल्पनिय परिणाम भोग्नु पर्नेछ । परिणाम रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने  छ ।’

    आफुले यस अघि नै युक्रेनीहरूलाई ६०० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाएको जानकारी दिंदै वाईडेनले युक्रेनलाई कमजोर नसम्झन पनि रुसलाई चेतावनी दिएका छन् । अमेरिकाले युक्रेनलाई गरेको यो सहयोग रूसीहरूका लागि यो महङ्गो पर्ने भन्दै धम्कीको आसय व्यक्त गरेका छन् ।

    युक्रेनका बिषयमा अमेरिका र रुसको पटक पटक मदभेद रहँदै आएको छ । एक साता अघि पनि अमेरिकाले उत्तर एट्लान्टिक सन्धी संगठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको बताएको थियो ।युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्यले ब्रसल्समा भएको नेटो–रुस काउन्सिलको वार्तापछि अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कुटनिती तवरले प्रस्तुत हुनुपर्ने अन्यथा प्रतिकारका लागि तयार रहन पर्ने भन्दै चेतावनीको भाषामा बोलेकी थिईन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!