US Khabar
  • कङ्गो नदीमा पानी जहाज दुर्घटना: कम्तीमा १८० जना बेपत्ता

    - Admin | ४ महिना पहिले प्रकाशित

    कङ्गो नदीमा पानी जहाज दुर्घटना: कम्तीमा १८० जना बेपत्ता

    अफ्रिकी मुलुक कङ्गोमा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएका छन् । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DRC) को नदीमा सयौं यात्रु बोकेर गएको पानी जाहाज रातको समयमा दुर्घटना हुँदा झण्डै २ सय यात्रु पेपत्ता भएका हुन् ।

    रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना भै रहेने कङ्गो नदीमा यस पटक दुर्घटना भएको पानी जहाजमा करिब ६०० यात्रु सवार थिए ।

    अन्तराष्टिय संचार माध्यमका अनुसार जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ र वेपत्ताहरुको खोजी साथै दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!