US Khabar
  • नेपाली भाषा पाठशाला कमिटीको संयोजकमा टेक्ससका भोजराज बलायर नियुक्त

    - USkhabar | ४ महिना पहिले प्रकाशित

    नेपाली भाषा पाठशाला कमिटीको संयोजकमा टेक्ससका भोजराज बलायर नियुक्त

    अमेरिकाको संचालनमा रहेको नेपाली भाषा पाठशालाको संयोजकमा भोजराज बलायर नियुक्त भएका छन् । टेक्सासमा रहेर नेपाली भाषा पाठशालाका क्षेत्रमा बिभिन्न तवरले योगदान पुर्याउँदै आएका बलायरलाई २०२२-२०२३ का लगि नेपाली भाषा पाठशाला कमिटीको संयोजकमा नियुक्त गरिएको हो ।

    विगतका वर्ष देखि नै एनआरएनए, अमेरिकाको नेपाली पाठशाला कमिटीको सदस्य र सह संयोजकका रुपमा रहेर पाठ्यपुस्तक तथा पाठ्यक्रम तयारीका लागि सक्रिय रुपमा कार्यरत बलायरले यस बिषयको जानकारी दिंदै नेपाली समाज टेक्सासमा रहेर पाठशाला संयोजक र शिक्षकको रुपमा निरन्तर प्रशिक्षण गर्ने जिम्मा आफुलाई दिईएको प्रति सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गरेका छन् ।

    बलायका सनुसार भाषा त्यो शक्ती र कडी हो, जस भित्र समाज र समाजले परापूर्व काल देखि चलाई रहेका सांस्कृतिक, मूल्य र मान्यताहरुको पुस्तान्तरण गराउदै निरन्तर रुपमा संस्कृतिलाई जीवन्त बोलाई राख्ने काम गर्छ ।

    आफु भाषा पाठशालाको संयोजक पदमा नियुक्त भएपछि उनले यहाँका नेपाली समाज, एनआरएनए, मातृभूमि नेपाल लगायत सबैप्रति आभार प्रकट गर्दै जारी गरेको वक्तव्य यस्तो रहेको छ ।

    हामीलाई ज्ञात भएकै कुरा हो, जब संसारबाट बेलायती साम्राज्यको अन्य हुदै थियो, त्यस समयमा मेकाय (Macaulay) को प्रतिवेदनले अंग्रेजी भाषालाई बिस्तार गर्नु पर्ने रणनिती सूझाएको थियो । जो एक किसिमले भाषिक साम्रज्यवादको रुपमा अगाडी वढ्यो | बृटिस लाईब्रेरी र बिधालयको स्थापना गर्ने रणनीती लिईयो | जसको परिणाम संसार भर आजभन्दा पाँचसय वर्ष अगाडी पाँच मिलियनले बोल्ने अंग्रेजी भाषा हाल करिव १.८ बिलियन भन्दा बढीको आफ्नो भाषा बनेको छ । धेरै देशका आफ्ना मातृभाषाहरु लोप भएर सरकारी भाषा नै अंग्रेजी बन्न पुगेको कुरा ईतिहासले देखाई सकेको छ । यसैले भाषा त्यो शक्ती र कडी हो, जस भित्र समाज र समाजले परापूर्व काल देखि चलाई रहेका सांस्कृतिक, मूल्य र मान्यताहरुको पुस्तान्तरण गराउदै निरन्तर रुपमा संस्कृतिलाई जीवन्त बोलाई राख्ने काम गर्छ ।
    नेपालीहरुको बढ्दो प्रवासी जीवन र यससंग जोडिएका भाषा, कला, संस्कृति आदीको पुस्तान्तरण आज हामी सबैको साझा चुनौतीको रुपमा देखिएका छन। प्रवासमा हुर्की रहेका हाम्रा बालबालिकाहरुलाई नेपालसंग निरन्तर जोड्ने गहन माध्यम नै भाषा हो । यस गहन पाठशाला भित्रको एक फुच्चे बिधार्थीको रुपमा बिगतका वर्षहरुमा पदमा रहेर होस वा नरहेर निरन्तर रुपमा यहाँ समक्ष यस आन्दोलनमा सदैव आफुलाई उभ्याउदै आएको छु । जसमा विशुध्द सामाजिक भावले पुस्तक प्रकाशन, नेपाली समाज टेक्सासमा रहेर पाठशाला कोर्डिनेटर र शिक्षकको रुपमा निरन्तर प्रशिक्षण गर्ने जिम्मा दिने र यसमा सहयोग गर्ने सबैलाई नमन गर्न चाहन्छु ।
    साथै गत विगतका वर्ष देखि नै एनआरएनए, अमेरिकाको नेपाली पाठशाला कमिटीको सदस्य, को-चियरको रुपमा पाठ्यपुस्तक तथा पाठ्यक्रम तयारी गर्न जुन किसिमको सहयोग पाईएको थियो, त्यो मेरा लागि सिकाई र सेवा दुबै थियो । साथै उक्त समितिमा रहेर हाम्रो टीमले जुन काम सम्पन्न गरेको थियो म त्यो काम प्रति गर्व गर्दै ती सबै सहयोगी साथीहरुलाई धन्यवाद दिन चाहन्छु । आज फेरी मलाई वर्तवान कमिटीले पाठशाला कमिटीको “चियरको” रुपमा थप जिम्मेवारी दिएको छ, जो मेरा लागि अवसर र चुनौती दुबैको रुपमा लिएको छु । साथै मलाई पत्याउनु भएकोमा सम्पुर्ण वर्तवान कार्य समितिका पदाधिकारीहरु प्रति आभार ब्यक्त गर्न चाहन्छु । म कर्मशीलता तथा “कर्मण्येवाधिकारस्ते मां फलेषु कदाचन” अर्थात कर्म योगको भावलाई आत्मसात गर्न चाहने मनलाई सम्मान गर्ने दर्शनबाट निर्देशित हुन चाहन्छु । जसलाई एनआरएनए, अमेरीकाको यस कार्य समितिले दिएको सामाजिक कर्मलाई पुरा गर्न बिगत झै सम्पुर्ण आदरणिय महानुभावहरु बाट साथ र सहयोग मिल्ने आषा सहित पुनः सबै एनआरएनएहरुमा हार्दिक नमन गर्न चाहन्छु ।
    जय एनआरएनए ।
    जय मातृभूमी नेपाल ।
    जय कर्मभूमी अमेरीका ।।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!