US Khabar
  • बिजयराज भट्टराई भए पुनः नेपाली पाठशालाको प्रिन्सिपल

    - USkhabar | ४ महिना पहिले प्रकाशित

    बिजयराज भट्टराई भए पुनः नेपाली पाठशालाको प्रिन्सिपल

    नेपाली पाठशाला टेक्सासको प्रिन्सिपलमा टेक्सासका विजयराज भट्टराइ र स्कूलको कोअर्डिनेटरमा भोज बलायारलाई नियुक्त गरिएको छ। यस अघि पनि यस विद्यालयको प्रिन्सिपलमा भट्टराइ र कोअर्डिनेटरमा बलायार नै थिए।

    नेपाली समाज टेक्ससले संचालन गर्दै आएको र  टेक्सासमा निकै लामो इतिहास बनाएको यस पाठशालाले टेक्सास मात्र नभएर अमेरिकाभरि हजारौ नेपाली बालबलिकाहरुलाई नेपाली भाषा, साहित्य, संस्कृति र संस्कार सिकाउने कक्षाहरु संचालन गर्दै आइरहेको छ।

    बालबालिका संग निकै सजिलै घुलमिल हुनसक्ने र पठन पाठनको कार्यमा निकै रुचि राख्ने भट्टराइले यस पटक समेत गरि नेपाली पाठशालामा पाचौ पटक सेवा गर्दै गर्दैछन। हामीले यस सम्बन्धमा जिज्ञासा राख्दा भट्टराइले आफू आफ्नो इच्छाले भन्दा पनि समाजले आफूलाई गरेको विश्वास नकार्न नसकेर यो जिम्मेवारी स्वीकारेको बताए।

    उनले यस पटक विगतमा भन्दा अझ उच्चतम ढंगले स्कूल संचालन गरिने र पाठशालाको अझ ब्यबस्थापनको निमित्त चाडै भाइस प्रिन्सिपल, मेनेजर, एडभाइजरि कमिटि र प्यारेण्टस कमिटि गठन गरि अझ ब्यबस्थित बनाइने जानकारी गराए ।

    भट्टराइ संग पाठशाला संचालनको निकै लामो अनुभव छ। उनले सन २००९-२०११ मा स्कूल कमिटि सदस्य, सन २०११-२०१३ मा स्कूलको इन्चार्ज, सन २०१३-२०१५ मा स्कूलको प्रिन्सिपल र सन २०१९-२०२१ मा पनि प्रिन्सिपल भएर कार्य सम्पादन गरेका छन् भने कोअर्डिनेटर बलायर पनि नेपाल देखि नै शैक्षिक पृष्ठभूमिमा कार्य गरेका र यस स्कूलमा समेत बिगत तीन कार्यकाल देखि अध्यापन गर्दै आइरहेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!