US Khabar

क्वारेण्टिनहरुलाई मापदण्ड अनुरुप सञ्चालन गर्न मानव अधिकार आयोगको आग्रह

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्वारेण्टिनहरुलाई मापदण्ड अनुरुप सञ्चालन गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले क्वारेण्टिनहरुलाई मापदण्ड अनुरुप सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ । सोमबार प्रेश विज्ञप्ती जारी गर्दै आयोगले विश्व स्वास्थ संगठनको क्वारेण्टिन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टिनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरुको कार्यान्वयन लगायतका कुरामा ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको हो ।

जारी विज्ञप्तीमा उल्लेख भए अनुसार मापदण्डअनुसार क्वारेन्टिनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरुको कार्यान्वयन गर्नुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोर दोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरु बीचमा समेत शारीरिक दूरी कायम हुनुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिन बाहिर रहेका परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलव्ध गराउनुपर्ने र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था सरकारबाट हुनुपर्ने छ ।

यस्तो छ आयोगद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ

प्रेस–विज्ञप्ति
५ जेठ, २०७७
क्वारेण्टिनहरुलाई मापदण्ड अनुरुप सञ्चालन गर ।

विश्वका विभिन्न भाग तथा नेपालमा फैलिरहेको कोभिड–१९ को असर र त्यसको कारणबाट नेपालमा हुन गएको एक सुत्केरी महिलासहित दुई जनाको देहावसानप्रति आयोग गहिरो समवेदना प्रकट गर्दछ । कोभिड–१९ को कारणबाट मृत्यु हुनेको प्रत्येक परिवारलाई उचित राहत उपलब्ध गराउने व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणमा दिनरात खटिइरहनुभएका चिकित्सक, नर्स, सफाइ कर्मचारीहरु, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन कार्यमा संलग्न स्वयम्सेवक तथा सञ्चारकर्मीहरुप्रति आयोग विशेष धन्यवाद ज्ञापन गर्दछ । रोकथाम, उपचार तथा नियन्त्रणमा खटिइरहनुभएका व्यक्तिसहित उनीहरुका परिवारको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न समेत आयोग ध्यानाकर्षण गराउँदछ ।

विश्व स्वास्थ संगठनको क्वारेण्टिन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टिनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरुको कार्यान्वयन गर्नुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोर दोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरु बीचमा समेत शारीरिक दूरी कायम हुनुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिन बाहिर रहेका परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलव्ध गराउनुपर्ने र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था हुनुपर्दछ । आयोगको अनुगमनको क्रममा उक्त मापदण्ड अनुरुप क्वारेण्टिनहरुमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाह जस्ता आवश्यकताहरु समेतको उचित व्यवस्थापन हुन नसक्दा व्यक्तिका आधारभूत मानव अधिकार सङकुचनमा परेको देखिन्छ । क्वारेण्टिनहरु व्यवस्थित हुन नसक्दा सम्भावित सङक्रमितहरु क्वारेण्टाइनमा बस्न नचाहने र बसिरहेकाहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा सङक्रामक रोग अझ बढी फैलिने देखिन्छ ।

अतः विश्व स्वास्थ्य सङगठनको मापदण्डबमोजिम क्वारेण्टिन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न एवम् प्रदेश तथा स्थानीय तहहरुसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन पनि आयोग आग्रह गर्दछ । साथै, प्रत्येक स्वास्थ्य उपचार केन्द्र तथा अस्पतालहरुलाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै सङक्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउन समेत आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

……………
वेद भट्टराई
सचिव\प्रवक्ता

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!